एमालेको अस्तित्व समाप्त हुने देखेपछि संसद विघटन गरेको होः ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्तित्व समाप्त हुने देखेपछि आफूले तत्कालिन अवस्थामा संसद विघटन गरेको बताएका छन्।
शनिबार काठमाडौंको भृकुटीमण्डपमा एमालेको काठमाडौं जिल्लाको सातौँ अधिवेशनको उद्घाटन गर्दै ओलीले पार्टीभित्रकै केहि व्यक्तिहरुले पार्टीलाई दक्षिणपन्थी शक्तिको पाउमा बुझाउने देखेपछि आफुले संसद विघटन गरेको बताएका हुन्।
संसद विघटन भएकै कारण अहिले पनि एमाले अस्तित्वमा रहेको उनको भनाइ छ। उनले आफू नेतृत्वको सरकार देश र जनताका लागि धेरै राम्रा काम गरेकाले अदालतबाट विपक्षीलाई प्रधानमन्त्री बनाउने काम गरिएको तर्क गरे। राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति मिलेर एमालेमाथि हमला गरेर कमजोर बनाउने प्रयास गरेपनि एमालेको कार्यकर्ता पंक्तिले पार्टीलाई बचाएको उनले बताए।
अध्यक्ष ओलीले एमाले बाहेक अरु कसैसँग देश विकासको स्पष्ट भिजन र नीति नरहेकाले मिसन ८४ नेपालको राजनीतिमा टर्निङ प्वाइन्ट हुने दावी गरे।
ओलीले आगामी निर्वाचनबाट काठमाडौं जिल्ला एमालेको किल्ला हुने दावी गरे। उनले जिल्ला अधिवेशनमा नेतृत्व लिने नाममा पार्टी र संगठनलाई विभाजन गर्ने काम नगर्न निर्देशन दिए। तीन दिनसम्म चल्ने अधिवेशनमा काठमाडौँका बिभिन् पालिकाबाट गरी पाँच सय ८५ प्रतिनिधि सहभागी भएका छन्।
भनेपछि पार्टी सम्विधानभन्दा ठूलो रहेछ वलीको लागी । यस्तो संस्कार बोकेका पार्टी, तिनका कार्यकर्ता भयेको देश सङ्कटमा पर्ने नै भयो । सामाजिक न्याय पनि पाइदैन । थुक्क ! कुलङ्गार टट्टूहरु ।