नगर प्रहरी कुट्नेलाई छाड्न माग गर्दै विद्यार्थीले योजना आयोगका उपाध्यक्षको गाडी जलाए
बिराटनगर। बिगत केही दिनदेखि आन्दोलनरत विद्यार्थीको आक्रोशित समूहले विराटनगरमा एउटा सरकारी गाडीमा आगजनी गरेका छन्।
आइतबार बिहान प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारी चढेको को १ झ ६४४ नम्बरको स्कारपीयो गाडीमा विद्यार्थीहरूले आगजनी गरेका हुन्। मोरङको रंगेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ६ जना विद्यार्थीहरूलाई पक्राउ गरेको छ ।
आगजनीका कारण गाडीको अघिल्लो भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। त्यस्तै उनीहरुले बा १ ञ २४१९ नंवरको सार्वजनिक संस्थानको गाडीमा तोडफोड समेत गरेका छन्।
शुक्रवार मोरङको रंगेली नगरपालिकाका नगर रक्षकलाई कुटपिट गरेको आरोपमा ६ विद्यार्थी पक्राउ परेका थिए।
पक्राउ परेको समूहले नगरपालिकाका कार्यवाहक प्रमुख एवं रंगेली-८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि पनि दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका विद्यार्थी विरुद्ध अभद्र व्यवहार मुद्दा चलाइ पाँच दिन म्याद थप भएको छ। आन्दोलन रत विधार्थीहरुले पक्राउ परेका सबै रिहा हुनुपर्ने माग राखेका छन्।
Facebook Comment