भारतमा को को बने क्याबिनेट मन्त्री ?
काठमाडौँ । नरेन्द्र मोदीले लगातार तेस्रो पटक भारतको प्रधानमन्त्रीको सपथ लिएका छन् ।
आइतबार राष्ट्रपति द्रौपदी मुर्मुले एनडीए नेता नरेन्द्र मोदीलाई पद र गोपनियताको सपथ ग्रहण गराएपछि उनी स्वतन्त्र भारतको २०औं प्रधानमन्त्री बने । एनडीए सरकारमा, मोदी बाहेक, ३० नेताहरूले क्याबिनेट मन्त्रीहरू, ५ नेताहरूले राज्य मन्त्री ९स्वतन्त्र प्रभार० र ३६ नेताहरूले राज्यमन्त्रीको रूपमा सपथ लिएका छन् ।
भाजपा नेता नरेन्द्र मोदी सन् २०१४ मा पहिलो पटक देशको प्रधानमन्त्री निर्वाचित भएका थिए । यसअघि उनी लगातार तीन कार्यकाल गुजरातको मुख्यमन्त्री भइसकेका छन् ।
२०१९ मा नरेन्द्र मोदी दोस्रो पटक भारतको प्रधानमन्त्री बने । अब २०२४ मा नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिएका छन् । तर, २०१९ मा भाजपासँग सरकार बनाउन पूर्ण बहुमत भए पनि २०२४ मा भाजपासँग सरकार बनाउन पूर्ण बहुमत छैन ।
नरेन्द्र मोदीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले ५४३ सिटमध्ये २९३ सिट जितेर सरकार बनाएको छ । नरेन्द्र मोदीको तेस्रो क्याबिनेटमा कुल ३० जना मन्त्रीलाई स्थान दिइएको छ ।
केही पुराना अनुहारलाई कायम राखेका छन् भने केही नयाँ अनुहारलाई पनि समावेश गरिएको छ । योसँगै भाजपाले आफ्नो गठबन्धन साझेदारहरूलाई पनि मन्त्रिपरिषद्मा राखेको छ। तेलुगु देशम पार्टी, हिन्दुस्तान अवाम मोर्चा, लोक जनशक्ति रामविलास, जनता दल सेकुलर र जनता दल युनाइटेडलाई पनि मन्त्रिपरिषद्मा समावेश गरिएको छ ।
क्याबिनेट मन्त्री को को बने ?
१- राजनाथ सिंहले क्याबिनेट मन्त्रीको रूपमा शपथ लिएका छन् । राजनाथ सिंह अघिल्लो सरकारमा रक्षामन्त्री थिए । २०१४ मा भाजपा सरकार बनेपछि उनी गृहमन्त्री भए, पछि मोदीको दोस्रो कार्यकालमा रक्षामन्त्री बने । राजनाथ सिंह लखनउबाट सांसद निर्वाचित भएका हुन् ।
२- अमित शाहले तेस्रो क्याबिनेट मन्त्रीको रूपमा शपथ लिएका छन् । अघिल्लो सरकारमा अमित शाह केन्द्रीय गृहमन्त्री थिए। अमित शाह गुजरातको गान्धीनगर सिटबाट दोस्रो पटक सांसद निर्वाचित भएका छन् ।
३- नितिन गडकरीले चौथो नम्बरमा शपथ लिएका छन् । उनले क्याबिनेट मन्त्रीको सपथ लिएका छन् । नितिन गडकरी महाराष्ट्रको नागपुरबाट सांसद निर्वाचित भएका छन् ।
४- भाजपा अध्यक्ष जेपी नड्डा हाल राज्यसभा सांसद र पार्टीको राष्ट्रिय अध्यक्ष हुन् ।
५- मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहान मध्य प्रदेशको विदिशा लोकसभा सीटबाट सांसद निर्वाचित भएका छन् । उनी पहिलो पटक केन्द्रीय मन्त्री बनेका छन् ।
६- निर्मला सीतारमण अघिल्लो सरकारमा वित्तमन्त्रीको पदमा थिइन् । निर्मला सीतारमण रक्षामन्त्री पनि भइसकेकी छिन् । निर्मला सीतारमण राज्यसभा सांसद हुन् ।
७- एस जयशंकरले नरेन्द्र मोदीको अघिल्लो सरकारमा विदेश मन्त्रीको पद सम्हालेका छन् । एस जयशंकर गुजरातबाट राज्यसभा सांसद हुन् । जयशंकर लगातार दोस्रो पटक क्याबिनेट मन्त्री बनेका छन् ।
८- हरियाणाका पूर्व सीएम मनोहर लालले पनि क्याबिनेट मन्त्रीको रूपमा सपथ लिएका छन् । मनोहर लाल पहिलो पटक क्याबिनेट मन्त्री बनेका छन् । उनले मार्चमा हरियाणाको मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । मनोहर लाल हरियाणाको कर्नाल लोकसभा सीटबाट सांसद निर्वाचित भएका छन् ।
९- जेडीएसका एचडी कुमारस्वामी कर्नाटकका पूर्व मुख्यमन्त्री भइसकेका छन् । १९औं लोकसभा चुनावमा कुमारस्वामी कर्नाटकको मण्ड्या सीटबाट विजयी भएका छन् । कुमारस्वामी भारतका पूर्व प्रधानमन्त्री एचडी देवगौडाका छोरा हुन् ।
१०- पियुष गोयल क्याबिनेट मन्त्री बनेका छन् । उनी उत्तरी मुम्बई लोकसभा सीटबाट सांसद निर्वाचित भएका छन्। उनी नरेन्द्र मोदीको पहिलो दुई सरकारमा क्याबिनेट मन्त्री भइसकेका छन् ।
११- धर्मेन्द्र प्रधान यसअघिका दुवै सरकारमा क्याबिनेट मन्त्री भइसकेका छन् । उनले पेट्रोलियम मन्त्री र शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । धर्मेन्द्र प्रधान ओडिशाको सम्बलपुर सीटबाट लोकसभा सांसद निर्वाचित भएका छन्।
१२- बिहारका पूर्व मुख्यमन्त्री तथा हिन्दुस्तान अवाम मोर्चाका प्रमुख जीतन राम मांझीले क्याबिनेट मन्त्रीको सपथ लिएका छन् । जीतनराम मांझी पहिलो पटक क्याबिनेट मन्त्री बनेका छन् । उनी गया लोकसभा सीटबाट सांसद निर्वाचित भएका छन्।
१३- जेडियुका राजीव रञ्जन सिंह उर्फ लालन सिंह पहिलो पटक क्याबिनेट मन्त्री बनेका छन् । लालन सिंह बिहारको मुंगेर लोकसभा सिटबाट सांसद निर्वाचित भएका छन् । उनी बिहार सरकारमा क्याबिनेट मन्त्री भइसकेका छन् ।
१४- सर्वानन्द सोनोवाल अघिल्लो सरकारमा पनि क्याबिनेट मन्त्री थिए । सोनोवाल असमको मुख्यमन्त्री पनि भइसकेका छन् । सोनोवाल डिब्रुगढ लोकसभा सीटबाट सांसद निर्वाचित भएका छन्।
१५- डा. वीरेन्द्र कुमार मध्य प्रदेशको टिकमगढ लोकसभा सीटबाट सांसद निर्वाचित भएका छन् । वीरेन्द्र कुमार नरेन्द्र मोदीको पहिलो दुई सरकारमा पनि मन्त्री भइसकेका छन् ।
१६- टिडिपीका राममोहन नायडू आन्ध्र प्रदेशको श्रीकाकुलम सीटबाट लोकसभा सांसद निर्वाचित भएका छन् ।
१७- प्रह्लाद जोशीले क्याबिनेट मन्त्रीको सपथ लिएका छन् । उनी नरेन्द्र मोदीको अघिल्लो सरकारमा पनि मन्त्री भइसकेका छन्।
१८- जुआल ओराओनले क्याबिनेट मन्त्रीको सपथ लिएका छन् । उनी ओडिशाको सुन्दरगढ लोकसभा सीटबाट सांसद निर्वाचित भएका छन् । जुआल ओराओन प्रधानमन्त्री मोदीको पहिलो सरकारमा मन्त्री थिए ।
१९- गिरिराज सिंहले क्याबिनेट मन्त्रीको सपथ लिएका छन् । बिहारको बेगुसराय सीटबाट सांसद निर्वाचित भएका छन्। गिरिराज सिंह मोदीको पहिलो दुई सरकारमा मन्त्री भइसकेका छन् ।
२०- अश्विनी वैष्णवले क्याबिनेट मन्त्रीको सपथ लिएका छन् । अघिल्लो सरकारमा रेलमन्त्री भइसकेका छन् । उनी ओडिशाबाट राज्यसभा सांसद हुन् ।
२१- ज्योतिरादित्य सिन्धियाले क्याबिनेट मन्त्रीको सपथ लिएका छन् । मध्य प्रदेशको गुना सीटबाट सांसद निर्वाचित भएका छन्। उनी चौथो पटक केन्द्रीय सरकारमा मन्त्री बनेका छन् । नरेन्द्र मोदी सरकारमा दोस्रो पटक मन्त्री बन्नुका साथै सिन्धिया दुवै यूपीए सरकारमा मन्त्री भइसकेका छन् । २०२० मा, सिन्धिया कांग्रेस छोडेर भाजपामा सामेल भएका थिए । यद्यपि, २०१९ मा सिन्धिया गुनाबाट लोकसभा चुनाव हारेका थिए ।
२२- भूपेन्द्र यादवले क्याबिनेट मन्त्रीको सपथ लिएका छन् । उनले राजस्थानको अलवर लोकसभा सीटबाट सांसद निर्वाचित भएका छन्। भुपेन्द्र यादव अघिल्लो सरकारमा पनि क्याबिनेट मन्त्री भइसकेका छन् । उनी दुई पटक राज्यसभा सांसद भइसकेका छन् ।
२३- गजेन्द्र सिंह शेखावत राजस्थानको जोधपुर लोकसभा सीटबाट सांसद निर्वाचित भएका छन्। गजेन्द्र सिंह शेखावत यसअघिको प्रधानमन्त्री मोदीको सरकारमा क्याबिनेट मन्त्री पनि थिए।
२४-अन्नपूर्णा देवी कोडर्मा, झारखण्डबाट सांसद हुन् । अन्नपूर्ण देवी दोस्रो पटक केन्द्रीय सरकारमा मन्त्री भएकी छन् ।
२५-किरेन रिजिजु अरुणाचल प्रदेशबाट लोकसभा सांसद चुनिएका छन्। रिजिजु दुई पटक राज्यमन्त्री र एक पटक क्याबिनेट मन्त्री भइसकेका छन् ।
२६- हरदीप सिंह पुरी उत्तर प्रदेशका राज्यसभा सांसद हुन्। उनी नरेन्द्र मोदीको पहिलो दुई सरकारमा पनि मन्त्री भइसकेका छन् ।
२७-मनसुख मण्डाविया अघिल्लो सरकारमा स्वास्थ्य मन्त्री थिए। मनसुख मण्डाविया गुजरातको पोरबन्दर लोकसभा सीटबाट पहिलो पटक सांसद निर्वाचित भएका छन्। यद्यपी मनसुख मण्डाविया पनि दुई पटक राज्यसभा सांसद भइसकेका छन् ।
२८- जी किशन रेड्डी तेलंगानाको सिकन्दराबाद सीटबाट सांसद निर्वाचित भएका छन्। जी किशन रेड्डी नरेन्द्र मोदीको अघिल्लो सरकारमा केन्द्रीय मन्त्री पनि थिए।
२९- लोक जनशक्ति (रामविलास) का चिराग पासवानले क्याबिनेट मन्त्रीको सपथ लिएका छन् । चिराग पासवान पहिलो पटक केन्द्र सरकारमा मन्त्री बनेका छन् । चिराग पासवान बिहारको हाजीपुर लोकसभा सिटबाट सांसद निर्वाचित भएका छन् । ज्ञड औं लोकसभा चुनावमा लोजपा ९रामविलास० का पाँच सांसद विजयी भएका छन् र उनको पार्टीको स्ट्राइक रेट शतप्रतिशत रहेको छ।
३०- सीआर पाटिलले क्याबिनेट मन्त्रीको रूपमा शपथ लिएका छन्। सीआर पाटिल गुजरातको नवसारी लोकसभा सीटबाट सांसद निर्वाचित भएका छन्। सीआर पाटिल पहिलो पटक केन्द्र सरकारमा मन्त्री बनेका छन् ।
Facebook Comment