इजरायलका युद्ध क्याबिनेट मन्त्री बेनी गान्ट्जले आफ्नो पदबाट राजीनामा दिए

डिसी नेपाल
२८ जेठ २०८१ १६:१५

काठमाडौं । इजरायलको युद्ध क्याबिनेट मन्त्री बेनी गान्ट्जले देशको आपतकालीन सरकारबाट राजीनामा दिएका छन्।

यो कदमलाई युद्धपछि गाजाका लागि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको योजनालाई लिएर दुईबीचको मतभेदको गहिराइको रूपमा हेरिएको छ।

गान्ट्जले आइतवार तेल अवीभमा पत्रकार सम्मेलनमा आफ्नो राजीनामाको घोषणा गरे। उनले यो निर्णय ‘गहिरो मनका साथ लिएको’ बताए ।

“दुर्भाग्यवश, नेतन्याहुले हामीलाई वर्तमान संकटको अन्त्य गर्न आवश्यक पर्ने साँचो विजय हासिल गर्नबाट रोकिरहेका छन्,” गान्ट्जले भने।

आगामी चुनावमा नेतान्याहुको सम्भावित प्रतिद्वन्द्वी मानिने गान्ट्जले नेतान्याहुलाई देशमा चुनावको मिति तय गर्न आह्वान गरे।

राजीनामा दिएपछि नेतान्याहुले ट्वीटरमा लेखेका छन्, ‘बेनी, यो अभियान छाड्ने समय होइन, सेनामा भर्ती हुने समय हो ।’

इजरायली विपक्षी नेता यायर लिपिडले गान्ट्जलाई सोशल मिडियामा समर्थन गरे, उनको निर्णयलाई “आवश्यक र सही” भने।

गान्ट्जको राजीनामाको लगत्तै अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन-गभिरले युद्ध मन्त्रिपरिषद्मा स्थानको माग गरे।

बेन-गभिर दक्षिणपन्थी गठबन्धनको हिस्सा हुन्। गठबन्धनले अमेरिकी राष्ट्रपति जो बाइडेनको युद्धविराम प्रस्तावलाई इजरायलले स्वीकार गरेमा सरकार छोड्ने र सरकार ढाल्ने धम्की दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *