राष्ट्रिय मुक्ति क्रान्तिको बागलुङमा सांस्कृतिक प्रतिरोध कार्यक्रम

बुर्तिवाङ, बागलुङ। राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध पश्चिम कमान्डद्वारा जुनतारा पुन मगरको अध्यक्षतामा बहुलराष्ट्रिय राज्य नेपाल स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति, ढोरपाटन शिकार आरक्षद्वारा स्वदेशी मगरात भुमि अतिक्रमण विरुद्ध साँस्कृतिक प्रतिरोध कार्यक्रम बागलुङको बुर्तिवाङ बजारमा आयोजना गरिएको छ।
कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले एकल जातीय चिन्तन बोकेका शासकवर्गले साझा नेपाल बन्न नदिएको गुनासो गरे।
फुटाउ र राज्य गर नीति तहत हामी उत्पीडितहरुलाई शासकवर्गले एकजुट हुन नदिएकोले आफूलाई पहाड हिमाल तर्फ उक्लिनु परेको बताए। जहाँ जहाँ विभेद, उत्पीडन , अन्याय, अपमान रहन्छ त्यहाँ त्यहाँ राष्ट्रिय मुक्ति क्रान्ति हुन्छ।
अर्का नेता केशव झाले ढोरपाटन शिकार आरक्ष क्षेत्रबाट पीडित भएका मुलवासीहरुको समस्या अब हाम्रो समस्या भएकोले राष्ट्रिय अन्तर्राष्ट्रिय मन्चसम्म यो समस्या उजागर गर्ने र समाधान खोजि छाड्ने बताए।
उनले जल, जंगल, जमिन माथि आदिवासी मुलवासीहरुको अधिपत्य स्थापित गराउने लक्ष्य रहकाे बताए। सांस्कृतिक झाँकीसहित प्रदर्शन भएको र्याली नगर परिक्रमा गरि सभामा परिणत भएको थियो। कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेतृ कमला गुरुङ, काठमाडौंका चर्चित युवा नेता सुमन सायमी, नेता अनिल महासेठले सम्बोधन गरेका थिए।
Facebook Comment