क्यानमा ठूलो अनियमितता भएको भन्दै तत्काल छानबिन गर्न माग
काठमाडौं। नेकपा एमालेका सांसद भीम आचार्यले नेपाल क्रिकेट संघ (क्यान) मा व्यापक भ्रष्टाचार भएको आशंका व्यक्त गरेका छन्।
बुधबार बसेको प्रतिनिधि सभाको विषेश समयमा बोल्दै कोशी प्रदेशका पूर्व मुख्यमनत्रीसमेत रहेका आचार्यले क्यानमा ठूलो अनियमितता भएको भन्दै तत्काल छानबिन गर्न माग गरे।
‘यस प्रतियोगीतामा अनेकौ खालका काम भइरहेको समाचार आइरहेका छन्। क्यानको नेतृत्वबाट कमजोरी भएको ेदखिन्छ । क्यानबाट अनियमितता भईरहेको गुनासो आएको छ। सत्यतथ्य छानबिन होस्’ उनले भने।
आचार्यले नेपाली राष्ट्रिय क्रिकेट टिमका सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई अमेरिका लैजाने कार्यमा क्यान नेतृत्व चुकेको र आवश्यक पहल गर्नसमेत नसकेको आरोप लगाए।
‘टिमका सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय टिममा नराखेर उनले भीसा पाएनन्। जिताउन लाग्नुपर्ने क्यानको नेततृ्व हराउन लाग्यो’ उनले भने ‘राम्रो खेलाडीलाई हराएर किन टिम बनाइयो? । यो नेपाललाई हराउने रणनीति हो कि जिताउने? । १० जनाको टिममा जाने सर्पोटिङ ग्रूपमा एकजना डाक्टर अनिवार्य राख्नुपर्ने हुन्छ। डाक्टरलाई कटाएर महिलाको नाम राखिएको छ। जसले गर्दा आईसीसीले अस्वीकार गर्याे। यसले नेपालको सम्मानमा ठूलो आगात पारेको छ।’
सांसद आचार्यले अमेरिकामा खेलाडीहरुलाई होटलमा उब्याएर चन्दा उठाईउको र महंगोमा अवैधरुपमा अमेरिका लगेर नेपाली जर्सी बेचेकोबारे सत्यतथ्य छानबिन हुनुपर्ने बताए।
‘खेलाडीको साख बेचेर खेलाडीलाई होटलमा उब्याएर त्यहाँ चन्दा उठाएर दिएको भन्ने गुनासो आएको छ। अवैधरुपमा जर्सी अमेरिका लगेर बेचेको समाचार आएका छन्। त्यहाँका नेपालीलाई महंगानेमा बेचेको गुनासो आइरहेकाे छ। त्यो रकम पनि हिनामिना भएको छ। खेलाडीले हस्ताक्षर गरेको ट्याक र टिसर्ट मर्यादाहिन ढंगले बिक्री गरेको भन्ने कुरा आएको छ। ८० डलर पर्ने खेलको टिकट १३५ डलरमा बेचेको भन्ने कुरा आएको छ । यसबारेमा यथासिघ्र छानबिन होस’ उनले भने।
Facebook Comment