बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा हिंसात्मक झडप, तीन जनाको मृत्यु, सात घाइते

डिसी नेपाल
३० जेठ २०८१ १४:२१

काठमाडौं । बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा भएको हिंसामा तीन रोहिंग्या शरणार्थीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

बंगलादेश प्रहरीका अनुसार शिविरमा दुई प्रतिद्वन्द्वी समूहबीच हिंसा भएको छ ।

अधिकारीहरूका अनुसार अराकान रोहिंग्या साल्भेसन आर्मीका सदस्यहरूले कक्स बजार जिल्लाको उखिया शिविरमा गस्ती गरिरहेका शरणार्थीहरूलाई आक्रमण गरेका थिए।

कक्स बजार म्यानमारको सिमानामा अवस्थित छ। मारिनेहरु रोहिंग्या सोलिडारिटी अर्गनाइजेसनका सदस्य हुन् ।

बंगलादेशी सञ्चारमाध्यमका अनुसार शिविरमा शरणार्थीहरूबीच भएको हिंसामा यो वर्ष अहिलेसम्म कम्तीमा २० जनाको मृत्यु भइसकेको छ।

सन् २०१७ मा म्यानमारमा रोहिंग्या समुदायमाथि सेनाले गरेको आक्रमणपछि झण्डै १० लाख रोहिंग्याहरू भागेर बंगलादेश पुगेका छन् ।

यी शरणार्थीहरू बंगलादेशका शिविरहरूमा बस्छन्, जसमध्ये अधिकांश कक्स बजार जिल्लामा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *