आगलागीबाट प्रभावितलाई राहत उपलव्ध गराउन सरकारसंग माग (भिडियो)

डिसी नेपाल
३१ जेठ २०८१ १३:३९

काठमाडौं। नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले तराईका बिभिन्न जिल्लामा भएका आगलागीबाट प्रभावित परिवारलाई राहत उपलव्ध गराउन सरकारसंग माग गरकाछन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकको सुरुमै सांसद यादवले मधेशका तीन जिल्ला महोत्तरी, सप्तरी, सर्लाहीमा आगलागीका कारण २ सय ७७ घर परिवारमा क्षति पुगेको भन्दै तत्काल भएका आगलागीबाट प्रभावित परिवारलाई राहत उपलव्ध गराउन सरकारसंग माग गरेका हुन् ।

उनले आगलागीका कारण दुई करोड भन्दा बढिको क्षति भएको र प्रभावितको बस्ने ठाँउ समेत नरहेकाले सरकारले आवश्यक राहतका साथै अन्य व्यवस्था गर्नुपर्ने धारणा राखे । त्यस्तै सांसद यादवले यस बर्ष मनसुनका कारण अन्य बर्षमा भन्दा धेरै क्षति हुनसक्ने आंकलन गरिएको भन्दै सरकारको तयारीबारे जानकारी माग गरेका छन्।
उनले मनसुनजन्य विपद्बाट देशभर ८४ लाख १२ हजार घरधुरी प्रभावित हुनसक्ने आँकलन गरिएको अवस्थामा तयारी पनि त्यसै अनुरुप हुनुपर्ने जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *