पोप फ्रान्सिस जी-७ बैठकमा सहभागी हुने, आर्टिफिसियल इन्टेलिजेन्सको मुद्दामा चर्चा गर्ने
काठमाडौं । यस वर्ष पहिलो पटक इसाई धर्मगुरु पोप फ्रान्सिस पनि इटालीमा हुन लागेको जी-७ देशको बैठकमा सहभागी हुन लागेका छन् ।
पोप फ्रान्सिस आर्टिफिसियल इन्टेलिजेन्स र भविष्यबारे यहाँ बोल्न जाँदैछन्। यसबाट उनी जी-७ मा सहभागी हुने पहिलो धार्मिक नेता बन्नेछन्।
८७ वर्षीय पोपले यसअघि आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्बन्धित खतरा, मानवअधिकार र नैतिकताका बारेमा कुरा गरेका थिए। अन्तर्राष्ट्रिय स्तरमा यसको नियमन हुनुपर्नेमा उनले जोड दिए ।
अर्कोतर्फ युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयन र युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेललगायत सातवटै युरोपेली देशका राष्ट्र प्रमुखहरू जी-७ बैठकमा सहभागी हुन त्यहाँ पुगेका छन् ।
जसमा जर्मन चान्सलर ओलाफ शुल्ट्ज, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, अमेरिकी राष्ट्रपति जो बाइडेन, जापानका प्रधानमन्त्री फुमियो किशिदा र बेलायतका प्रधानमन्त्री ऋषि सुनक रहेका छन् ।
Facebook Comment