आमिर खानका छोरा जुनैदको डेब्यु फिल्म रिलिजको एक दिन अगाडि अदालतले रोक लगायो

डिसी नेपाल
३२ जेठ २०८१ १४:५९

काठमाडौं । बलिउडका मिस्टर परफेक्शनिस्टका छोरा जुनैद खान चाँडै फिल्म ‘महाराज’ बाट डेब्यु गर्दैछन् । जुनैदलाई फ्यानहरुले निरन्तर बधाई दिइरहेका छन् । तर अब जुनैदको करियरलाई झट्का लागेको छ ।

गुजरात हाईकोर्टले आमिर खानका छोराको फिल्म ‘महाराज’माथि प्रतिबन्ध लगाएको खबर आएको छ । यो फिल्म जुन १४ मा नेटफ्लिक्समा रिलिज हुने तय भएको थियो । जुनैद यस फिल्मबाट डेब्यु गर्न लागेका थिए ।

फैसला सुनाउँदै न्यायाधीश संगीता विसेनले फिल्मलाई प्रतिबन्ध लगाउनु पर्ने बताइन् । यसमा केही निवेदकहरूले आपत्ति जनाएका छन् । अदालतले नोटिस जारी गरेको छ । यो मुद्दामा जुन १८ मा सुनुवाई हुने बताइएको छ ।

भगवान कृष्ण र वल्लभाचार्यका भक्तहरूले यसबारे निवेदन दिएका छन् । रिटमा लेखिएअनुसार यो फिल्म १८६२ को लिबेल महाराज प्रकरणमा आधारित छ जसले सार्वजनिक व्यवस्थामा नकारात्मक प्रभाव पारेको छ । यो फिल्मले हिन्दु धर्ममा पनि चोट पुर्याएको दाबी गरिएको छ ।

गुजरात हाईकोर्टकी न्यायाधीश संगीता विसेनले सम्पूर्ण मुद्दाको सुनुवाइ गर्दै फिल्मको रिलिजमा रोक लगाएकी छन् । यस विषयमा फिल्म निर्माताहरुबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *