गण्डकी सरकारले ल्यायो ३२ अर्ब ९६ करोड बजेट

डिसी नेपाल
१ असार २०८१ १८:३८

कास्की। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९६ करोड ८५ लाख बजेट ल्याएको छ।

शनिबार बसेको गण्डकी प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले बजेट सार्वजनिक गरेका हुन्। प्रस्तुत बजेटमध्ये चालुतर्फ १३ अर्ब १६ करोड र पुँजीगततर्फ १९ अर्ब ५१ करोड करोड बजेट विनियोजन गरेको मन्त्री गुरुङले जानकारी दिए।

त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ३ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए। बजेटको स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु ७ अर्ब ६३ करोड ८८ लाख , राजस्व बाँडफाँटबाट रु ८ अर्व ६१ लाख, रोयल्टी बाँडफाँटबाट ४८ करोड, ससर्त अनुदानतर्फ ३ अर्ब, समपूरक अनुदानतर्फ १ अर्ब र विशेष अनुदानतर्फ रु ६५ करोड प्राप्त हुने अनुमान गरिएको मन्त्री गुरुङले बताए। त्यस्तै प्रदेशको राजस्व परिचालनबाट आन्तरिक राजस्व रु ५ अर्ब प्राप्त हुने अनुमान रहेको उनको भनाइ छ।

त्यस्तै उनले चालू आर्थिक वर्षको बार्षिक कार्यक्रम कार्यान्वयन पश्चात रु २ अर्ब ९४ करोड नगद मौज्दात बचत हुने अनुमान गरेको भन्दै न्यून हुने रकम मध्ये रु १ अब ७० करोड आन्तरिक ऋणबाट पूर्ति हुने व्यवस्था मिलाइएको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *