सर्लाहीमा राष्ट्रिय मुक्ति क्रान्तिको ‘मधेशी-पहाडी एकता सभा’

डिसी नेपाल
२ असार २०८१ १२:४२

सर्लाही। राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध मधेश ब्यूरो र चुरे सिवालिग विशेष ब्यूरोको आयोजना तथा संविधानसभा सदस्य तथा पूर्वमन्त्री रामनरेश रायको अध्यक्षतामा “मधेशी-पहाडी एकता सभा” कार्यक्रम गरिएको छ।

लालबन्दीको खेल मैदानबाट शुरु भएको र्‍याली तरकारी बजार चाेकमा पुगेर सभामा परिणत भएको थियो। स्थानीय युवा नेता जिगमेला बमजनले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक तथा पूर्वउप्रधानमन्त्री राजेन्द्र महतोले मधेश आन्दोलन ताका राज्यले मधेशको मुद्दालाई ओझेलमा पार्न पहाडी विरुद्धको आन्दोलन भनेर गलत भाष्य निर्माण गरेको बताए।

त्यही भाष्यलाई चिर्न र सबै उत्पीडित जाति र समुदायको माग मुद्दा पूरा गराउन मधेशी पहाडी एकता सभाको आयोजन आवस्यक रहेको बताए। महतोले लोकतान्त्रिक आन्दोलनको कार्यभार पूरा नभएकोले आफूहरुलाई राष्ट्रिय मुक्ति क्रान्ति गर्नु परेको बताए।

अर्का नेता केशव झाले देशका सबै उत्पीडितहरु अहिलेसम्म छुट्टाछुट्टै संघर्ष गरेकाले कसैले केही प्राप्त गर्न नसकेको बताए। त्यसकारण आदिवासी जनजाति, मधेशी, उत्पीडित खस आर्य सबै मिलि संघर्ष गर्नुको विकल्प नरहेको बताए। मधेशमा तराई, पहाड, हिमाल सबै भूगोलबासी बस्ने भएकोले आपसी सद्भाव र सहअस्तित्व स्वीकार गर्नु पर्ने बताए।

कार्यक्रममा तामाङ धेदुङका राष्ट्रिय अध्यक्ष मोहन गोले, राष्ट्रिय मुक्ति क्रान्तिका नेतागण कमला गुरुङ, सुमन सायमी,राजिव झा, बुद्धछिरिङ मोक्तान, जुनतारा पुन मगर, कौशल सिंह कुशवाहा, नेजामुदिन समानी, रमण पाण्डेय, नेरुता मोक्तान, हुसेन खान, बिनोद साह, जिवन तामाङ, राजेश यादव लगायतका नेताहरुले सम्बोधन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *