दार्जिलिङको न्यू जलपाईगुडीमा दुई रेल एक आपसमा ठोक्किए

डिसी नेपाल
३ असार २०८१ १०:५३

काठमाडौं । पश्चिम बंगालको न्यू जलपाईगुडीमा एउटा ठूलो रेल दुर्घटना भएको छ । मालगाडीले सियालदह जाँदै गरेको कञ्चनजङ्घा एक्सप्रेसलाई पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनाका कारण कञ्चनजङ्घा एक्सप्रेसका धेरै बोगी पटरीबाट पल्टिएका छन् ।

उत्तरपूर्वी फ्रन्टियर रेलवेले नयाँ जलपाईगुडीको रंगपानीमा रेल दुर्घटनाको खबर पाएको बताएको छ। दुर्घटनापछि भारी वर्षाका बीच घटनास्थलमा राहत र उद्धार कार्य जारी छ । मुख्यमन्त्री ममता बनर्जीले यो दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् ।

यस दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले दार्जिलिङ जिल्लामा भएको रेल दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताइन् । कन्जनजङ्घा एक्सप्रेसलाई मालगाडीले पछाडिबाट ठक्कर दिएको बताइएको छ । उद्धार र राहतका लागि जिल्ला अधिकारी, चिकित्सक र एम्बुलेन्स घटनास्थल पुगेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *