निर्देशक समाजको आयोजनमा ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेष्टिभल २०२४’ हुने

डिसी नेपाल
४ असार २०८१ १२:२२

काठमाडौं। चलचित्र निर्देशक समाजको प्रस्तुतिमा ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेष्टिभल २०२४’ आयोजना हुने भएको छ। कोशी प्रदेश विराटनगरमा असार १८ र १९ (जुलाई २ र ३) मा हुने फेष्टिभल नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गर्न लागेको हो।

फेष्टिभलमा बिसं २०७९ र २०८० सालमा निर्माण भएका चलचित्र, छोटा चलचित्र र बृतचित्रले सहभागीता जनाउन सक्नेछन्। हिमाल, पर्यटन र कलासंस्कृतिसँग नजिक रहेका फिम फेष्टिभलको विशेष प्रथामिकतामा पर्नेछ। फेष्टिभलमा सहभागीता हुन चाँहने फिल्मले यहि असार ११ गते (जुन २५) भित्र आवेदन दिन सक्नेछन्।

बिभिन्न राष्ट्रिय स्तरका कलाकर्मीको समेत सहभागीता रहने फेष्टिभलमा चलचित्र प्रदर्शन, चलचित्रको संवाद लगायतका बिभिन्न कार्यक्रम समेत आयोजना हुने फेष्टिभलको तयारी समेत सुरु भएको निर्देशक समाजका अध्यक्ष जनदीप पराजुलीले बताए।

‘यो फेष्टिभल यसबर्ष कोशी प्रदेश विराटनगरमा आयोजना हुने भएपनि आगामी बर्षहरुमा हामीले देशभर लैजाने योजना बनाएका छौं’, पराजुलीले भने ‘फेष्टिभलले चलचित्र संस्कृतिको विकास गर्दै चलचित्र निर्माण र प्रदर्शनमा पनि सहयोग गर्नेछ।’ फेष्टिभल भब्य र सब्य बनाउन आफुले कुनै कसुर बाँकी नराख्ने पराजुलीको धारणा रहेको छ।

चलचित्र बिकास बोर्डको सहकार्य रहेको फेष्टिभलमा किङडम इन्टरनेशनल र डब्लुसिसिएन सहयोगी संस्थाको रुपमा जोडिएका छन्। फेष्टिभलमा सहभागीताका लागि फर्म निर्देशक समाजको कार्यालय अनामनगरबाट उपलब्ध हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *