उडिरहेको विमानमा यात्रुले कपडा खोलेर हल्लाखल्ला गरेपछि आकस्मिक अवतरण

डिसी नेपाल
४ असार २०८१ १३:२१

काठमाडौं । भर्जिन अष्ट्रेलियाको पर्थबाट मेलबर्न जाने विमान भीए ६९६ मा अचानक एक यात्रु पूर्ण नग्न भएर विमानको गल्लीमा पागल जस्तै दौडन थाले । यो देखेर यात्रु र चालक दल दंग परे । हाल यात्रुको परिचय खुल्न सकेको छैन ।

विमानमा यात्रा गर्ने क्रममा ती व्यक्तिले अचानक अनौठो व्यवहार गर्न थाले । उनले आफ्नो लुगा फुकाले र विमानको गल्लीमा माथि तल उफ्रन थाले । उनले ककपिटको ढोका समेत ढकढकाएर एक फ्लाइट अटेन्डेन्टलाई लडाइदिए । उक्त व्यक्तिको अनौठो व्यवहारका कारण पाइलटले विमान फिर्ता गरेर पर्थमा अवतरण गर्नुपरेको थियो ।

न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार पर्थमा अवतरण पछि व्यक्तिलाई पुलिस अधिकारीहरूले उनलाई पक्राउ गरे। भर्जिन अष्ट्रेलियाले घटना र व्यक्तिलाई पक्राउ गरेको पुष्टि गरेको छ। यस अवधिमा यात्रु र चालक दलको धैर्यता र सहयोगका लागि एयरलाइन्सले धन्यवाद दिएको छ ।

गत वर्ष म्युनिखबाट बैंककका लागि लुफ्थान्सा एयरलाइन्सको विमानले दिल्लीमा आपतकालीन अवतरण गरेको थियो । वास्तवमा फ्लाइटमा श्रीमान्–श्रीमतीबीच भएको झगडाका कारण केबिन क्रु स्टाफले यो निर्णय लिनुपरेको थियो । जानकारीका अनुसार म्युनिखबाट उडेको विमान एलएच ७७२ मा सवार श्रीमान श्रीमतीले केही कुरालाई लिएर आपसमा झगडा गर्न थालेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *