नेपाली जनप्रगतिशील मञ्च साउदी अरबको कासिम क्षेत्रीय कमिटी गठन, अध्यक्षमा सुरेन्द्र तुम्वाहाम्फे

डिसी नेपाल
५ असार २०८१ १०:५४

साउदी अरेबिया। नेपाली जनप्रगतिशील मञ्च साउदी अरबको क्षेत्रिय संगठन विस्तार कार्यक्रम अन्तरगत अलकासिम बुरेईदा क्षेत्रिय कमिटी गठन गरिएको छ। अध्यक्षमा सुरेन्द्र तुम्वाहाम्फेसहित १५ सदस्यीय नयाँ क्षेत्रीय कार्यसमिति गठन गरिएको हो।

मञ्चको एसिया प्रदेश समिति संयोजक सनिकुमार ओलीको प्रमुख आतिथ्यता र विशिष्ट अतिथी पश्चिम एसिया महासाखा सचिव कमल शाही निर्मल रहेका थिए।

कार्यक्रममा जनप्रगतिशिल मञ्च साउदी अरबका सल्लाहकार सुमन दाहाल, उपाध्यक्ष गंगा गोदार, प्रवक्ता भक्त कार्की, राष्ट्रिय समिति सचिवालय सदस्य एवं हायल क्षेत्र अध्यक्ष वलदेव मश्रङ्दी मगर, सदस्य विसाल तामाङ्, सदस्य नितेस कुवंर राणा, अखिलनेपाल महिला संघ क्रान्तिकारी सुदुर पश्चिम प्रदेस सदस्य एवं डडेल्धुरा जिल्ला सचिव गिता भट्ट, विभिन्न संध संस्थाका प्रतिनिधी, विभिन्न विशिष्ठ व्यक्तित्वहरू, अलकासिम बुरेइदामा कार्यरत नेपाली श्रमिकहरू एवं पत्रकार लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

मञ्चका राष्ट्रिय समिति सचिवालय सदस्य एवं हायल क्षेत्र अध्यक्ष वलदेव मश्रङ्दी मगरको स्वागत मन्तव्य, संगै सुरू भएको यस कार्यक्रममा प्रमुख अतिथि सनिकुमार ओलीले सुभकामना सहित प्रशिक्षण दिएका थिए। मञ्चका उपाध्यक्ष गंगा गोदार, पश्चिम एसिया महासाखा सचिव कमल साही निर्मल लगायत अन्य अतिथिहरूले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको अध्यक्षता नेपाल जनप्रगतिशिल मञ्च साउदीका सल्लाहकार एवं पश्चिम एसिया महासाखा सदस्य आर.बी लामा र संचालन मञ्चका राष्ट्रिय महासचिव बासुदेव सापकोटाले गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *