केन विलियमसनले एकदिवसीय र टी-२० को कप्तानी छोडे, सेन्ट्रल कन्ट्रयाक्ट पनि अस्वीकार

डिसी नेपाल
५ असार २०८१ १२:४२

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२४ मा न्युजिल्यान्डको प्रदर्शन निराशाजनक रह्यो र सुपर ८ मा पनि पुग्न सकेन । न्युजिल्याण्डले अफगानिस्तानसँग पहिले ८४ रनले हार बेहोरेको थियो । त्यसपछि सहआयोजक वेस्ट इन्डिजसँग १३ रनले पराजित भएको थियो ।

यसपछि किवी टोलीले युगान्डालाई ९ विकेटले र पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेको थियो । तर सुपर ८ मा पुग्न यो पर्याप्त थिएन। समूह ‘सी’ बाट अफगानिस्तान र वेस्ट इन्डिज प्लेअफमा प्रवेश गरेका छन् ।

न्युजिल्यान्ड टी–२० विश्वकपबाट बाहिरिएपछि केन विलियमसनले एकदिवसीय र टी–२० टोलीको कप्तानीबाट राजीनामा दिएका छन् । विलियम्सनले २०२४-२५ सिजनको केन्द्रीय सम्झौता पनि अस्वीकार गरेका छन् ।

विलियम्सनले यसअघि नै टेस्ट टोलीको कप्तानी छोडिसकेका थिए । तर, विलियमसनले कप्तानी छोडेर केन्द्रीय सम्झौताबाट बाहिरिए पनि आफू तीनै ढाँचामा छनोटका लागि उपलब्ध हुने बताएका छन् ।

३३ वर्षीय विलियम्सनले भने, ‘म टिमलाई सबै फर्म्याटमा प्रगति गर्न मद्दत गर्न निकै भावुक छु र यसमा योगदान दिन चाहन्छु । न्युजिल्याण्डको समरमा विदेशमा खेल्ने अवसर हुनेछ, त्यसैले म केन्द्रीय सम्झौताको प्रस्ताव स्वीकार गर्न असमर्थ छु।’ न्युजिल्यान्डमा जनवरी महिनामा निकै कम अन्तर्राष्ट्रिय क्रिकेट खेलिने गरेको छ ।

न्युजिल्यान्डका खेलाडीहरूले केन्द्रीय सम्झौता अस्वीकार गर्नु नयाँ कुरा होइन। ट्रेन्ट बोल्ट र जिमी नीशम जस्ता स्टार खेलाडीले पनि विदेशी लिगमा सहभागी हुन यस्तो गरेका छन् । न्युजिल्यान्ड क्रिकेटको सेन्ट्रल कन्ट्रयाक्टमा बाँधिएका खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेट बाहेक घरेलु सुपर स्म्यास प्रतियोगिता खेल्न प्रतिबद्ध रहनुपर्छ, तर बोल्ट-निशामजस्तै विलियमसनले यो चाहेनन्।

न्यूजिल्याण्ड क्रिकेटका अनुसार केन विलियमसन विश्व टेस्ट च्याम्पियनसिपको वर्तमान चक्रमा न्युजिल्यान्डका बाँकी आठ खेलका लागि उपलब्ध हुनेछन् । यस च्याम्पियनसिपमा न्युजिल्यान्डले अर्को वर्ष जुनमा लर्ड्समा खेलिने फाइनल खेल्ने प्रयास गर्नेछ । नोभेम्बरको अन्त्यमा न्युजिल्यान्डले इङ्ल्यान्डसँग तीन खेलको शृङ्खलाको पहिलो टेस्ट आफ्नो भूमिमा खेल्नेछ।

केन विलियम्सनले न्यूजिल्याण्डका लागि अहिलेसम्म १०० टेस्ट, १६५ एकदिवसीय र ९३ टी-२० खेल खेलिसकेका छन् । टेष्ट खेलमा उनले ५४.९८ को औसतमा ८७४३ रन बनाएका छन् जसमा ३२ शतक र ३४ अर्धशतक रहेको छ ।

एकदिवसीय अन्तर्राष्ट्रियमा विलियमसनले ४८.६४ को औसतमा ६८१० रन बनाएका छन् । केन विलियमसनले एकदिवसीय खेलमा १३ शतक र ४५ अर्धशतक प्रहार गरेका छन् ।

टी-२० अन्तर्राष्ट्रियमा विलियम्सनले ३३.४४ को औसत र १८ अर्धशतकको सहयोगमा २५७५ रन बनाएका छन् । विलियमसनले ४० टेस्ट (२२ जित, १० हार), ९१ एकदिवसीय (४६ जित, ४० हार) र ७५ टी-२० खेल (३९ जित, ३४ हार) मा न्यूजिल्याण्डको कप्तानी गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *