न्युरोड क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन लागेको भन्दै स्थानीयको प्रदर्शन (तस्बिर)

डिसी नेपाल
५ असार २०८१ १३:३०

काठमाडाैं। काठमाडौंको न्युरोड क्षेत्रलाई काठमाडौं महानगरले सवारी निषेध क्षेत्र बनाउन लागेको भन्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन्।

नेपालकै ऐतिहासिक महत्व बोकेको न्युरोड क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन नहुने भन्दै स्थानीयहरुले प्लेकार्ड सहित प्रदर्शन गरेका हुन्। महानगरले आफ्नो नीति तथा कार्यक्रममा न्युरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउने प्रस्ताव राखिएकाले विरोध गर्नुपरेको स्थानीयहरुको भनाइ छ।

स्थानीय वासिन्दा मदनकुमार कार्कीले महानगरले गरेको प्रस्ताव व्यवहारिक नभएको र स्थानीयको भावना विरोधी रहेको बताए। स्थानीय बासिन्दाको सम्पत्ति छाडेर नेपालको पहिलो पिच गरिएको बाटो निर्माण गरिएको भन्दै उनले यसलाई मास्न नहुने बताए

त्यस्तै स्थानीय शैलेशरत्न शाक्यले स्थानीयको आवाजलाई दवाएर महानगरले जवरजस्त कुनै काम गर्न नपाउने बताए। उनले ऐतिहासिक स्थानलाई नो भेलिकल जोन बनाउने कुराको विरोध हुनु स्वभाविक रहेको दाबी गरे।

त्यस्तै स्थानीयबासी कोमल तुलाधरले न्युरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउँदा यस क्षेत्रको व्यापार व्यवसाय ठप्प हुने र स्थानीय विरामीका साथै समस्या हुदा असर पर्ने भएकाले विरोध जनाएको जनाइन्।

स्थानीयहरुले भेहिकल फ्रि जोन धोका हो, हामी मान्दैनौं, न्यरोडमा गाडी जीवनको सामान्य आवश्यकता हो, सेभ न्युरोड लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *