सरकार पृथ्वीविचारको प्रचार गर

खगेन्द्रराज सिटौला
६ असार २०८१ ९:४१

सरकार पृथ्वीविचारको प्रचार गर। पृथ्वीविचार नेपालको शक्ति हो, नेपालीको शक्ति हो। र यो सरकारको पनि शक्ति हो। पृथ्वीविचारले सरकारलाई शक्ति दिन्छ। सरकारलाई सबै क्षेत्रमा सफल भइरहने जुक्ति पनि दिन्छ।

देश र जनतालाई सबै किसिमले बलियो बनाउने सार र धार भनेको नै पृथ्वीविचार हो सरकार। त्यसैले पृथ्वीविचारको प्रचार गर सरकार। पृथ्वीविचारको साझा राष्ट्रिय राजमार्गमा अघि बढ सरकार। यता र उताका विचारमा नअड्की र नभड्की सरकार।

पृथ्वीविचारमा मात्र नेपाल छ, मात्र नेपाली छ मात्र नेपाल र नेपालीको समृद्घि र भविश्य छ। सरकार राष्ट्रलाई लथालिंग हुनबाट बचाउन केवल पृथ्वीविचारको दरकार छ। सरकार पृथ्वीविचार नेपालमा छ। नेपालको पृथ्वीविचारमा नेपालको भविश्य छ। पृथ्वीविचार नेपालको मल पनि हो बल पनि हो सरकार।

सरकार पृथ्वीविचार युवाहरुमा लैजाउ किशोरहरुमा लैजाउ। सवल नेपालको लागि भविश्यका पुस्ताहरुमा लैजाउ। पाठ्य सामाग्रीमा पृथ्वीविचारलाई लैजाउ। खाद्य सामाग्रीमा पृथ्वीविचरलाई लैजाउ।

इतिहासलाई वर्तमानसँग जोड्न र नेपालको भविश्यलाई सुनिश्चित बनाइरहन सरकार पृथ्वीविचारमा युवाहरुलाई हिडाइरहनु पर्दछ। पृथ्वीविचार नेपाल र नेपालीको हितमा उभिएको साझा राष्ट्रिय विचार भएकोले यो नेपाल र नेपालीको साझा मौलिक बौद्घिक सम्पति हो सरकार।

यसलाई जोगाउने, जगाउने फैल्याउने काम पनि सरकारको नै हो। सरकारले यसको प्रचार नगरी यो जोगिँदैन फैलदैन। नेपाल जोगाउन र जगाउन पृथ्वीविचारलाई पनि जोगाउनै पर्छ र जगाउनै पर्छ सरकार।

पृथ्वीविचरको शक्ति बुझ्न ढिलो नगर सरकार। सबै नेपाली जनतालाई र नेपालका राजनीति दलहरुलाई पृथ्वीविचारमा जोड सरकार। पृथ्वीविचारमा जोड्नु भनेको सबै किसिमले बलियो नेपालको लागि अघि बढ्ने यात्रामा जोड्नु हो सरकार।

नेपाल एकीकरण योगदान र विचारमा पृथ्वीनारायण सम्वोधित हुने यस्तै अनेक विषय बनाएर उच्च माध्यामिक तह, क्याम्पस तह र विश्वविद्यालय तहमा केन्द्रित भएर देशव्यापी निवन्ध प्रतियोगिताको आयोजनाको व्यवस्था गर सरकार।

यसमा पहिला दोस्रा र तेस्रा हुनेलाई तीनलाख, दुईलाख र एकलाखको पुरस्कार घोषणा गर सरकार। जसले गर्दा युवाहरुमा पृथ्वीनारायण र पृथ्वीविचारमा चासो र रुची बढाओस्। पृथ्वीविचार राष्ट्रको अध्यायन सामाग्री बनोस्।

पृथ्वीविचार युवाहरुको उर्जा र ढुकढुकी बनोस्। गौरवशाली बलियो इतिहासको आड लिएर हरेक वर्तमानका पौरखी युवाहरुका पाइलाहरु भविश्य बनाउन अगाडी बढुन्।

साहसी र दूरदर्शी पृथ्वीनारायण शाहको तरबार,दरबार र नेपाल अभियान पढेर बलियो नेपाल र नेपालीको बलियो घरबारकाृ सपना युवाहरुमा पैदा हवस्।

युवाहरुबाट पृथ्वीनारायणलाई लुकाएर वा युवाहरुमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति नकारात्मक भाव वा घृणा पैदा गराएर नेपाल किमार्थ बलियो बन्न सक्तैन। सरकार राष्ट्रनिर्माता माथि बिस छर्न प्रोत्साहन नगर यो बिसले राष्ट्रलाई नै पोल्छ। अहिले बिस निलेर राष्ट्र जोगाउने एकला वीर निलकण्ठ हामीसँग छैनन्।

सरकार पृथ्वीनारायणको तस्वीर सामुन्नेमा राखेर भाषण गर्ने गर। जसले दिमागमा पृथ्वीविचार चढाउन सकोस्। सरकार पृथ्वीविचार नजोडिने र नठोक्किने विकासका कुनै क्षेत्र छैन। विकासका सबै क्षेत्रमा पृथ्वीविचारलाई जोड।

सबै नीति र योजनामा पृथ्वीविचारलाई जोड। सबै तालिम र गोष्ठीहरुमा पृथ्वीविचार खोज। व्यपार, उत्पादन जनशक्ति होस कि देशभक्तिको सवाल होस् सबैलाई पृथ्वीविचारले सम्वोधन गर्ने भएकोले सरकार पृथ्वीविचारसँग अलगिएर वा बेवास्ता गरेर हिड्न खोज्नुको कुनै अर्थ देखिँदैन।

सूर्यको वरिपरि सबै ग्रहले परिक्रमा गरेजस्तै पृथ्वीविचारका सबै संभावना घुमिरहेका हुन्छन्। यो वास्ताविकतालाई बुभ्mन र आत्मसात गर्न ढिलो नगर सरकार। बुझ्नेलाई श्रीखण्ड र नबुझ्नेलाई खुर्पाको बिँड नबन सरकार।

गाँस, बास, कपास, उत्पादन, श्रम, साधन, सुशासन, स्वभिमान, आफ्नोपन याने नेपालीपन र नेपालीमन सबैमा पृथ्वीविचार छ सरकार। जनताको तागतमा पृथ्वीविचार छ ,बलिदानको रगतमा पृथ्वीविचार छ।

आफ्नै श्रम,सीप,उत्पादनमा बाँच्ने आफ्नै संस्कृतिमा नाच्ने उनको स्वदेशवादी आत्मनिर्भर नीतिमा नगइ कसरी नेपालका नेता हुन सक्छौ? नेपालवादी नेता नभइ कसरी नेपाल र नेपालीको हितमा नेपाल सरकार परिचालन गर्न सक्छौ सरकार?

केहो पृथ्वीविचारले अघि सारेको सबै जातको फूलबारी भनेको? यो भित्र केके पर्छन् गहिरिएर कहिल्यै सोचेनौ सरकार। हरेक आवधिक निर्वाचनले सत्ताको झण्डा फेरबदल गर्न सक्छ।

सरकारको अनुहार फेरबदल गर्नसक्छ। सरकार नेपालको झण्डा र नक्सा फेरिनु हुन्न भन्नेमा कत्तिको दृढ छ सरकार भन्ने प्रश्नमा दृढ छ भन्ने जवाफ आउनलाई नै पृथ्वीविचार चाहिन्छ सरकार। त्यसैले त पृथ्वीविचारको प्रचारमा लाग भनेको हो सरकार।

सरकार तिम्रो मूल भाषण समृद्धि र सुशासन हो। अर्थात सरकारले आफै भ्रष्टाचार गरे पनि नगरे पनि भ्रष्टाचार रोक्न गम्भीर प्रयाश गरे पनि नगरे पनि जहिल्यै जस्को पनि जुन सरकारको पनि भाषण चाहि भ्रष्टाचार विरोधी सुशासन कै हुन्छ। त्यो पनि चर्कै भाषामा हुन्छ।

न कहिल्यै नीतिमा भ्रष्टाचार विरोधी पृथ्वीविचारको मर्मलाई सम्झेर कडा कानुन बनाउन लाग्छौ न व्यवहारमा भ्रष्टाचार विरोधी कडा कार्यवाही को कदम नै चाल्छौ सरकार। तिम्रो भाषणमा कहिल्यै भ्रष्टाचार विरोधी पृथ्वीविचार जोडेका छौ सरकार भन्ने सवालको जवाफ सकारात्मक भएर आउँदैन।

सत्ताले कहिल्यै भ्रष्टाचार विरोधी कडा पृथ्वीविचारलाई मन पराएको पाइँदैन। यसलाई आफ्नै गलपासो ठान्दछ। यदि यसलाई सरकारले सत्ताले आफ्नै विरुद्धको गलपासो नठान्ने र भ्रष्टाचार कै गलपासो ठान्ने हो भने पृथ्वीविचारलाई सशक्त किसिमले अघि बढाउनै पर्छ सरकार।

सञ्चार मन्त्रालयले वा सुचना विभागले कहिल्यै पृथ्वीनारायण शाहको याने भ्रष्टाचार विरोधी उक्तिलाई स्थान र महत्व दिएको पाइएको छैन। अव चेत आओस्। सूचना विभागले क्यालेण्डर र डायरीमा त्यो उक्ति राख अर्थात् भ्रष्टचार विरोधी पृथ्वीविचार।

सञ्चार मन्त्रालयले विज्ञापनको रुपमा राख। हतियारलाई लुकाएर अथवा खिया लगाएर कसरी युद्ध जित्छौ सरकार। यही विषयमा विद्यार्थीलाई प्रतियोगितात्मक निवन्ध लेख्न लगाउ। पुरस्कार राख। पृथ्वीविचारको प्रचार गर सरकार। जगैदेखि भ्रष्टाचार विरोधी जनमत बनाउ र भोलीका लागि नैतिकवान नागरिकहरुको जमात बनाउन आजैदेखि तयारी थाल सरकार।

सरकार पृथ्वीविचार पढेर बोल,व्यवहारमा जाँचेर हेर। खोई योजना आयोगलाई पृथ्वीविचार माथि उभिएर स्वदेशवादी आत्मनिर्भर अर्थतन्त्रको खाका कोर्न र योजना बनाउन लगाएको सरकार। पृथ्वीनारायणले त जनशक्ति निर्यात गरेर खेतियोग्य जमिन बाँझो राखेर नगद खैंचनु भनेका थिएनन्।

उनले त जनशक्ति होइन जिनिस निर्यात गरेर पो नगद खैंचन भनेका थिए त सरकार। नीतिगत त्रुटी छ सरकार पृथ्वीविचार पढेर सुधार। त्यसै पृथ्वीविचारको प्रचार गर सरकार भनेको होइन। विकासको दशक पृथ्वीविचारको दशक बनाउ सरकार।

पढ्ने पढाउने क्षेत्र होस् कि कामगर्ने क्षेत्र, होस् कि रमाउने गाउने नाच्ने क्षेत्र होस्, उत्पादनको क्षेत्र होस् कि उपभोगको क्षेत्र होस्, भाषण गर्ने क्षेत्र होस् कि शासन गर्ने क्षेत्र होस्, विचार दिने र समाचार दिने क्षेत्र होस् कि रक्षा, सुरक्षा दिने क्षेत्र होस् सरकार योजनाको साथ पृथ्वीविचारको प्रचारमा लाग। पृथ्वीविचराले नछुने र सम्वोधन नहुने कुनै क्षेत्र छैन। पृथ्वीविचार आफैमा नेपालको मौलिक विचारको राष्ट्रिय शक्ति हो।

सरकार पृथ्वीविचारलाई कुनै सीमाले छेक्दैन। यो सबै राष्ट्रको लागि उपयोगी छ। त्यसैले संयुक्त राष्ट्रसंघ मार्फत सबै सदस्य राष्ट्रहरुमा पृथ्वीविचार फैल्याउन सक्छौ सरकार। महासभामा सम्बोधन गर्दा पृथ्वीविचारलाई त्यहाँ प्रवेश गराउन सक्छौ सरकार। अन्य कुटनैतिक मञ्च मार्फत होस् सरकारी वा गैह्र सरकारी मञ्च सबैमा यो लान सक्छौ सरकार।

आफ्नो मौलिक विचारलाई नछुने र त्याहाँ भित्रबाट संभावनाको खोजी नगर्ने कुनै पनि राष्ट्रले दिगो विकास गर्न सक्तैन भन्ने वास्तविकताको हेक्का रहोस् सबैलाई। त्यसैले सरकार योजनावद्ध किसिमले पृथ्वीविचारको अध्यायन तथा प्रचारमा लाग।

यहाँ कुनै चर्का क्रन्तिकारी कुरा छैनन् जो कहिल्यै पुरा नहोउन्। बस् सरकार तिमीले भन्दै आएको समृद्ध नेपाल सुखी नेपाली यहीँ छ। सबै किसिमले मानिने बलियो नेपाल यहीँ छ सरकार। सबै जातको साझा पूmलबारी भनेको यही त हो नि सरकार। हो सरकार आजैबाट पृथ्वीविचारको प्रचारमा लाग।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *