केन्याको नैरोबीमा राहदानी सम्बन्धि बिशेष क्याम्प
नैरोबी। केन्याकाे राजधानी नैराेबीमा राहदानी सम्बन्धी विशेष क्याम्प सम्पन्न भएकाे छ। गैरआवसीय नेपाली संघ केन्याका अध्यक्ष शिव अधिकारीको अध्यक्षतामा सम्पन्न भएकाे क्याम्पमा केन्यामा रहेका नेपालीलाई राहदानी बनाउन सहयाेग पुगेकाे थियाे।
केन्यामा रहेका नेपालीलाई राहदानी बनाउन असुविधा भएकाे गुनासाे बढेपछि गैर आवसीय नेपाली संघ केन्याको सहकार्यमा दक्षिण अफ्रिकास्थित नेपाली राजदूत धनबहादुर तमाङ, श्रमसहचारी विष्णु प्रसाद ढकालसहितकाे उपस्थितिमा साे क्याम्प सम्पन्न भएकाे थियाे।
नैरोबीमा राहदानी बनाउने क्याम्पको सहजीकरण गराउन केन्यास्थित अवैतानिक राजदूत जिम्मा अस्करलगायतले सहजीकरणको भूमिकामा निर्वाह गरेका थिए।
आवेदकहरुलाई अनलाइन फारम भरेर आउन अनुरोध गरिएको क्याम्पमा २१ जनाले नयाँ राहदानी बनाएका थिए।
गैरआवसीय नेपाली संघ केन्याका अध्यक्ष अधिकारीले हरेक वर्ष यसरी राहदानी बनाउने क्याम्प सञ्चालन गर्न सके त्यहाँ रहने नेपालीलाई सहज हुने धारणा राखेका थिए। उनले केन्यामा आएर नेपाली सहज तरिकाले दारदानीको काम गराइ दिउकाे भन्दै राजदूत तामाङसहितकाे टाेलीप्रति कृतज्ञता ब्यक्त गरेका थिए।
Facebook Comment