ट्राफिक सप्ताह कोशी प्रदेशबाट सुरु (भिडियो)

डिसी नेपाल
६ असार २०८१ १४:०८

काठमाडौं। सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि कोशी प्रदेशको १४ वटै जिल्लामा ट्राफिक सप्ताह शुरु गरिएको छ ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको संयुक्त आयोजनामा शुरु भएको ट्राफिक सप्ताहमा ट्राफिक नियम र सडक अनुशासन पालना गराउन सचेतना कार्यक्रमहरु संचालन गर्नुका साथै अनुगमन र कारवाही गरिने बताइएको छ ।

ट्राफिक सप्ताह कार्यक्रमको बिहीबार विराटनगरमा उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्र्कीले सडक दुर्घटनालाई ५० प्रतिशत घटाउने गरी काम गर्नुपर्ने बताए। उनले सडक दुर्घटना र त्यसबाट घाइते हुनेको अवस्था भयावह भएकाले यसको न्युनिकरण गर्न व्यक्ति आफै सचेत हुनुपर्ने धारणा राखे।

कार्यक्रममा प्रदेश सरकारले उपलब्ध गराएको ट्राफिक सामग्री मुख्यमन्त्री कार्कीले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक सरोज पौडेललाई हस्तान्तरण गरे भने ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने ७ जनालाई सम्मानित समेत गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *