सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
७ असार २०८१ ११:५८

काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला १९ सयले बढेर १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

यस अघि विहिबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८ सयमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको २५ रुपैयाँले बढेर प्रतितोला १८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *