संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई कांग्रेसको निर्देशन
काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बजेट निर्णयार्थ पेस गर्ने क्रममा संसदमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ।
संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी आर्थिक वर्षको विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने भएकाले असार ९ गतेदेखिको संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए। बजेटको पक्ष वा विपक्षमा मत दिने भन्ने बारेमा सोहि समयमा निर्णय गर्ने उनको भनाइ छ।
त्यस्तै बैठकले पार्टी प्रतिपक्षीमा रहेको अवस्थामा देश र जनताको सवालहरुलाई सघन ढंगले उठाउनुपर्ने दायित्व आफूहरुको भएको अवस्थामा सदनको बैठकमा निरन्तर उपस्थिती जनाउन र देश र जनताको सवाल उठान गर्न पनि निर्देशन दिएको उनले बताए।
लेखकले कांग्रेस सांसदहरुले राखेको खर्च कटौतीको प्रस्तावलाई कायम राख्ने बताए। उनले बजेटको वितरण अपरिपक्व र पूर्वाग्रही रहेको बताए।
Facebook Comment