युक्रेनका सयभन्दा बढी ड्रोन नष्ट गरेको रुसको दाबी

डिसी नेपाल
८ असार २०८१ १०:१९

काठमाडौं। रुसले क्रिमिया र रुसका केही क्षेत्रमा युक्रेनले गरेको ठूलो आक्रमणलाई असफल बनाएको दाबी गरेको छ ।

रुसले युक्रेनक सयभन्दा बढी ड्रोन र ६ वटा मानवरहित डुंगा नष्ट गरेको दाबी गरेको हो ।

रुसले सबैभन्दा गम्भीर हमला दक्षिणी रुसको क्रास्नोडार क्षेत्रमा भएको दाबी गरेको छ । अनलाइन पोस्ट गरिएको भिडियोले क्षेत्रको येइस्कमा रहेको सैन्य एयर बेस नजिकै आगलागी देखाएको छ ।

क्रास्नोडार अधिकारीहरूले सैन्य अड्डा नजिकैका घटनाहरूबारे टिप्पणी गरेका छैनन् तर इल्स्की नजिकैको तेल रिफाइनरीको प्रशासनिक भवनहरूमा आगलागी भएको बताएका छन्।

अधिकारीहरुका अनुसार आगो निभाइएको छ भने घटनामा दुई जना घाइते भएका छन् । स्थानीय गभर्नरका अनुसार क्रास्नोडार सहरमा भग्नावशेषबाट खसेर एक जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *