स्वभिमानी नेता र कार्यकर्ताले मात्रै देशलाई अघि बढाउन सक्छन्ः अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले श्रमप्रतिको सम्मान, उत्पादनमा आत्मनिर्भरता र स्वभिमानी नेता तथा कार्यकर्ताले मात्रै देशलाई अघि बढाउन सक्ने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अछाम–काठमाडौं सम्पर्क समन्वय समितिले आज यहाँ आयोजना गरेको दोस्रो भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमा उत्पादन र रोजगारीसँग जोड्ने खालका कार्यक्रम समावेश गरिएको पनि जानकारी दिए। उनले त्यसका लागि केही बजेट विनियोजन भएको बताए।
उनले उत्पादन वृद्धि केही मान्छे धनी बन्नका लागि नभई समानता र सामाजिक न्यायका आधारमा विकास गर्नका लागि भएको पनि बताए। उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गरेमात्रै समानता र सामाजिक न्याय प्राप्त गर्न सकिने बताए।
मन्त्री पुनले कृषि, पर्यटन जलविद्युत, सूचना प्रविधि र उत्पादन यी पाँच क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको जानकारी दिँदै सातै प्रदेशलाई विशेष प्राथमिकता दिइएको उल्लेख गरे। एक प्रदेशमा एउटा विशेषतालाई प्राथमिकता दिएर कार्यक्रम अघि सारिएको पनि उनले बताए।
Facebook Comment