एकु ध्रवीय शक्ति राष्ट्रको पतन र बहुध्रवीय शक्ति राष्ट्रको पुनरुत्थान
अन्तर्राष्ट्रिय नीति र व्यवस्थाका सम्बन्धमा ध्रुवीय शक्ति बिकासको अवधारणा शक्तिशाली देशको पूर्ण आधिपत्यमा संसारको नीति र व्यवस्थास्थित रहेको हुन्छ। यो ठूला शक्ति राष्ट्रको एक अर्कासँत टकरावको अवस्थामा यसको उदय भएको हुन्छ।
विश्व राजनीति, अर्थनीति, कुटनीति, ब्यापार नीति, तकनिकी नीति, उद्योग नीति आदि विषयमा गाँसिएको हुन्छ, जुन एउटै शक्तिशाली देशको नीति र व्यवस्थालाई सबै राष्ट्रहरुले अबलम्बन र अनुसरण गर्न बाध्य हुन्छन्।
देश भित्रैपनि शक्तिको ध्रुवीयता एउटा विद्वत बर्गमा हुन्छ जो सधैं आफ्नै समुहको सामाजिक संथामा शक्तिको एकीकरण गरी रहेका हुन्छन् भने त्यही देशमा फेरि तमाम भुँइ मानिस र मध्यम बर्गीय मानिसको शक्तिको ध्रुवीयताले पनि त्यत्तिकै ठूलो भूमिका खेलिरहेको हुन्छ।
यो ध्रुवीयतामा बिशेष गरेर विद्वत बर्गले नै आधिपत्य जमाई रहेको हुन्छ र उनीहरुले अपनाउने नीति र व्यवस्थालाई अरु सबैले मान्नु पर्ने बाध्यता हुन्छ। ठिक त्यस्तै अन्तर राष्ट्रिय जगतमा पनि एक शक्ति रास्ट्रको नीति र व्यवस्था अरुले आफ्नो कमजोरीको आधारमा मान्नु पर्ने बाध्यता हुन्छ।
यो एक ध्रुवीय शक्तिको देश पहिला ग्रेट ब्रिटेन थियो, जसले एकताका पृथ्वीको झन्डै आधा भाग आफ्नो अधिनमा राखेको थियो। उसको एक ध्रुवीय शक्तिको अधिन सर्बत्र थियो। तर १९ औं शताब्दीदेखि बिस्तारै जब प्रधानमन्त्री विन्स्टन चर्चिलको शासन पश्चात बेलायतको शक्तिमा ह्रास आउन थाल्यो र यो एक ध्रुवीय शक्ति अमेरिकाको अधिनमा रहन पुग्यो।
पश्चिमी र अमेरिकी ध्रुवीय शक्ति अनि पूर्वीय ध्रुवीय शक्ति चीन र रसिया हो। यसरी दुई ध्रुवीय शक्तिको सुत्रपात भएको देखिन्छ। यसको साथै पुँजीवाद, साम्यबाद र समाजबादका समर्थक आ-आफ्नो खेमामा आबद्ध भइ बाइ पोलार पावरको नीति र व्यवस्थाले संसारको नीतिका विषय र सन्धि सम्झौता तथा बिभिन्न समूह संस्थाहरु प्रकट हुन थाले।
अमेरिकाको यो एकाधिकार ध्रुवीय शक्तिलाई धेरै जसो पश्चिमा मुलुकहरुले अनुशरण गरे। सारा बिकसित मुलुक अमेरिकाको नीति र व्यवस्थाको अनुशरण गरी शक्तिलाई अझ बढाउन नेटो संगठनमा आबद्ध हुन् पुगे र पूर्वी एसियामा शक्ति राष्ट्रको रुपमा उदाइ रहेको सिंगो सोभियत युनियनलाई प्रजातन्त्रको नाममा तात्कालीन सोभियत युनियनका राष्ट्रपति मिखाइल गोर्बाचेभको नेतृत्वलाई साथ लिइ रुसलाई १५-१६ टुक्रामा विभाजन गराई अमेरिकाले आफ्नो एकमना शक्ति कायम गर्न सफल भयो।
त्यसताका अर्को बिशाल पूर्वी एसियाको देश चीन भर्खर भर्खर उदाउँदै गरेको थियो। रुसको त्यो शक्ति बिचलन र उदाउँदै गरेको चीनको फायदा लिइ अमेरिकाले छलपूर्ण तरिकाले सन् १९९१ मा युरी अन्द्रोपोभको नेतृत्वमा रहेको केजीबीलाई र वार्सा संगठनलाई भंग गराउने काम भयो।
तर नेटो संगठनलाई कायमै राख्ने काम अमेरिकाले गर्याे र आफ्नो एक ध्रुवीय शक्ति प्रवाहलाई प्रजातन्त्रको नाममा यत्रतत्र कमजोर शक्ति भएका मुलुकमा नेटो शक्तिको आडमा अमेरिकाले हमला गर्न सुरु गर्याे।
छल गरेर बलियो सुरक्षा नीति अपनाउने आफ्नो देशको वार्सा संस्थाको बिघटन पश्चात देश प्रेमी र स्वाभिमान नेता भ्लादिमिर पुटिनले त्यो संस्थाबाट राजीनामा गरी छुट्टै आफ्नो नीति बनाउन थाले।
अमेरिकाको एक ध्रुवीय नीति र व्यवस्थालाई चुनौती दिन बिस्तारै सामरिक बिकास तिर लागे र एक्लो रुस फेरि अमेरिकालाई सामना गर्न सक्ने तहमा उनले रुसलाई ल्याए। आफ्नो एक ध्रुवीय शक्ति र नेटोको आडमा अमेरिकाले धेरै देशमा हमला गर्याे।
इराक हमला, अफगानिस्थान हमला, सिरिया हमला, युक्रेन युद्धमा अमेरिकाको बलियो सामरिक साथ र समर्थन अनि चीनप्रतिको गिद्धे नजरले गर्दा रसियालाई पटक्कै सैह्य भएको थिएन।
जब पुटिनले आफ्नो देशको शक्ति प्रदर्शन गर्न थाले तब अमेरिका पछि पर्न थाल्यो र हमलाको प्रतिकार गर्दै जहाँ जहाँ रसियन कमान्डो उपस्थित हुन्छन् त्यहाँबाट अमेरिकन सैनिक भाग्ने काम सुरु भयो।
पछि यसलाई चीनको निकै साथ र समर्थन प्राप्त भयो। आज अमेरिकाको सर्बत्र हार र रुस र चीनको सर्बत्र बिजयीपछि अमेरिकाको एक ध्रुवीय शक्तिको छायाँ बिलाएको छ र एक ध्रुवीय शक्तिबाट दुई ध्रुवीय शक्तिमा संसारको नीति र शासन व्यवस्था चलिरहेको छ।
त्यो पश्चिमी र अमेरिकी ध्रुवीय शक्ति अनि पूर्वीय ध्रुवीय शक्ति चीन र रसिया हो। यसरी दुई ध्रुवीय शक्तिको सुत्रपात भएको देखिन्छ। यसको साथै पुँजीवाद, साम्यबाद र समाजबादका समर्थक आ-आफ्नो खेमामा आबद्ध भइ बाइ पोलार पावरको नीति र व्यवस्थाले संसारको नीतिका विषय र सन्धि सम्झौता तथा बिभिन्न समूह संस्थाहरु प्रकट हुन थाले।
पश्चिममा जी समूह छ भने पूर्वमा ब्रिक्स समूह प्रकट भएको छ। यसरी उन्नत रुपमा बिकसित भइरहेको दुई शक्ति केन्द्रको निरन्तर टकरावले अन्य मध्यम शक्ति राष्ट्रहरु युरोपमा बेल्जियम, नेदरल्याण्ड, पोल्याण्ड, दक्षिण अमेरिकामा अर्जेन्टिना, ब्राजिल, प्रशान्त तटीयमा क्यानाडा मेक्सिको र अस्ट्रेलिया र भारत।
त्यस्तै ग्रीस पनि एउटा मध्यम शक्तिको देश हो। यसरी नै एसियाका मध्यपूर्वका देशहरु र अफ्रिकाका कतिपय देश मध्य शक्तिका देश हुन्। यिनीहरु दुईटाको राजनीतिक कलह, बेमेल र अस्थिरताको नीति व्यवस्थाले देशहरुलाई निक्कै सजग बनायो। बिस्तारै भारत पनि शक्ति राष्ट्रमा परिणत भैसकेको छ।
यो शक्तिको प्रवाह अहिले थेग्न नसक्ने भएको छ। यसको प्रवाहमा आज प्रतेक पुर्बी र पश्चिमका देशहरु आफ्नो आफ्नो खुट्टामा टेकी सफल बन्ने क्रममा लागेका छन्। यो तुफानमा फेरि दुई ध्रुवीय शक्ति केन्द्रहरु बिस्तारै ओझेलमा पर्दै अब एकै स्तरका बिकसित शक्ति मुलुकहरु आ-आफ्नो खेमामा सम्मिलित भइ बहु ध्रुवीय शक्तिको प्रादुर्भाव हुन गएको छ।
यसरी एकाधिकार ध्रुवीय शक्तिको अवशान र दुई ध्रुवीय शक्तिको नीति र व्यवस्था कायमै रहेको स्थितिमा फेरि त्यसलाई पनितल पार्दै विश्व अर्थव्यवस्थामा आएको तरलता, प्रविधिमा भएको विकास र ब्यापक राजनीतिक परिबर्तनका कारण यो बहुध्रुवीय शक्तिको अवधारणाको बिकास भएको देखिन्छ।
यसबाट बिशेष गरेर युद्धमा कमी आउने, समाज एकत्रित हुने, बलियो हुने देखिन्छ र विश्व झन्डै एउटा सानो सहरमा परिणत हुने देखिन्छ। यो बहुध्रुवीय शक्तिलाई सञ्चित गर्ने काममा चीन र रुसको बिशेष भूमिका रहेको देखिन्छ।
यी दुई देशहरुले बहुध्रुवीय शक्ति राष्ट्रको अवधारणालाई निर्माण गर्न संसारको सामरिक बिबाद, वातावरण परिवर्तन र दीगो आर्थिक बिकासमा आर्थिक र सुरक्षा सम्बन्धमा ब्रिक्स, रिसेप र एससीओ जस्ता साझेदारी संगठन बनाएर अगाडि बढिरहेको पाइन्छ।
अझ ब्रिक्सले त करीब ७० देशका राष्ट्रहरुलाई फाइदा हुने काम गरेको छ। वास्तवमा यो ब्रिक्सले अन्तर्राष्ट्रिय जगतमा रहेका अफ्रिकाका अत्यन्तै गरीब मुलुक बुरुण्डी, दक्षिण सुडान र मध्य अफ्रिकाका देश र अफगानिस्तान र सिरिया जस्ता भोकमरीले पीडित देशलाई निक्कै फाइदा हुने निश्चित छ।
र, पहिले ब्रिटेन र अमेरिकाले लिएको एक ध्रुवीय शक्ति प्रदर्शनले संसारमा ल्याएको खलबल, युद्ध, विवाद, दम्भ र घमण्डलाई रुस, चीन र भारतजस्ता देशहरुले आफ्नो साझेदारीको हैसियतले धुलो चटाइ दिएका छन्। विश्वमा बहुध्रुवीय शक्तिको प्रदर्शन गरिरहेका छन्।
Facebook Comment