म्हेपीको गुरु नानक मठमा स्वामी कृष्णदासले कब्जा गर्न खोजेको आरोप

डिसी नेपाल
११ असार २०८१ १०:२२

काठमाडौं स्वामी कृष्णदासले बालाजुस्थित म्हेपीमा रहेको गुरु नानक मठ आफ्नो कब्जामा लिने तयारी गरेको गुरु नानक सत्संग समितिले आरोप लगाइएको छ।

पाँच सय वर्ष अगाडि गुरु नानकले यो स्थानमा साथना गरका कारण सिख धर्मावलम्बीहरुले उक्त मठलाई अत्यन्तै पवित्र मान्ने गर्दछन्। सयौँ वर्ष देखि मठ निर्माण गरेर देशीविदेशी सिख धर्मावलम्बीहरुले त्यहाँ आफ्ना धार्मिक कार्यहरु गर्दै आएका छन्।

गुरु नानक सत्संग समितिले २०७२ को भूकम्पपछि कृष्णदासलाई उक्त मठ परिसरमा अस्थायी रुपमा बस्न दिएको थियो। तर, अहिले कृष्णदासलले काठमाडौं महानगरपालिका १६, मा रहेको उक्त नानक मठ र त्यहाँ रहेको ३२ रोपनी जग्गा नै कब्जा गर्ने रणनीति बनाएको सत्संग समितिले आरोप लगाएको छ।

यो कार्यमा उनलाई नेपालका पूर्व प्रशासक र सुरक्षा निकायका उच्च पदस्थ पूर्व कर्मचारीहरुले साथ दिएको समितिको आरोप छ। सो मठ विश्वका सिखहरुका लागि अत्यन्तै श्रद्धाको मठ रहेको र यसलाई तलमाथि गर्न खोजिएमा साम्रो नहुने समितिका अध्यक्ष प्रितम सिंहले बताए।

उनले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनुको साटो सिख समुदायबाट खोस्न खोजेर कृष्णदासलगायत केही उच्च पदस्थ व्यक्तिहरुले सिख धर्मावलम्बीहरुको अपमान गरेको बताएका छन्।

गुठीको स्वामित्वमा रहेको यो जग्गामा इपू १५१५ मा जगतजंग मल्लले गुरु नानक मठ स्थापना गराएका थिए। उनले गुरु नानकका लागि उक्त क्षेत्रमा १ हजार ६ सय रोपनी जग्गा उपलब्ध गराएका थिए।

तर अहिले भने सबै मिचेर ३२ रोपनीमात्र बाँकी रहेको समितिका उपाध्यक्ष रवि सिंहले बताए। कृष्णदासलाई समाएर जग्गा दलालहरुले यो ३२ रोपनी जग्गा कब्जा गर्न खोजेको सिंहले आरोप लगाएए।

यस्तै हरपाल सिंहले एक्त नानक मठको संरक्षणका लागि सिख समुदायले आन्दोलनको तयारी गरेको बताए। उनले भने-यो धार्मिक अतिक्रमण हो। सिखहरुका लागि नेपाल पवित्रभूमी हो भन्ने जान्दाजान्दै कृष्णदासले राजनीतिक शक्तिका आडमा सार्वजनिक जग्गा हड्प्न खोजेका छन्। यो राम्रो होइन।’

उक्त मठमा हिन्दू र सिखको पूजाआजा हुने भएका कारण यसलाई धार्मिक पर्यटकीय क्षेत्र रुपमा विकास गर्न समिति तयार रहेका बेला आश्रय लिने बहानामा कृष्णदासले पुरै जग्ग कब्जा गर्ने रणनीति बनाएकामा सिख समुदाय चिन्तित रहेको समितिका अध्यक्ष प्रितम सिंहले बताए।

यस्तै कृणदासले सजिलैसँग उक्त क्षेत्र नछोड्ने हो , भने सिख धर्मालम्बीहरु सडकमा उत्रनुको विकल्प नरहेको समितिका उपाध्यक्ष रवि सिंहले चेतावनी दिएका छन्।
तर गुठी संस्थानले भने गुरु नानक मठ स्वामी कृष्णदासले कब्जामा लिएको भन्ने भनाइमा सत्यता नभएको जनाएको छ।

संस्थानका प्रवक्ता हरिप्रसाद सुवेदीले मठ मन्दिरमा कहिले काहीँ साधु सन्त आएर बस्ने विषयलाई अन्यथा लिन नहुने बताए। ‘गुरु नानक मठ कसैले कब्जामा लिएको भन्ने जानकारी हामीलाई छैन,’ उनले भने, ‘मठ मन्दिरमा कहिलेकाहीँ साधु सन्त आएर बस्ने विषयलाई अन्यथा लिनु हुँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *