आज सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो

डिसी नेपाल
११ असार २०८१ ११:३२

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। मंगलबार सुनको मुल्य स्थिर रहदै तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ।

यस अघि सोमबार पनि छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा नै कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *