मुद्रास्फीतिका आधारमा मौद्रिक नीति : गभर्नर अधिकारी

डिसी नेपाल
११ असार २०८१ १४:३१

काठमाडाैं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीतिका आधारमा मौद्रिक नीति ल्याउने बताएका छन्।

मंगलबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाजले मंगलबार आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले मुद्रास्फीति माथि हुँदा मौद्रिक नीति टाइट हुनु स्वभाविक रहेको भन्दै मौद्रिक नीति लचिलो आउने अनुमान नगर्न सुझाव दिए।

उनले तथ्यांककाे मूल्यांकन गर्दै मौद्रिक नीति ल्याउने तयारी भइरहेको दाबी गरे। बजारबाट दिएको ऋणको समस्यालाई सरलीकृत गर्नका लागि राष्ट्र बैंकतर्फ बढी आशातित भएको देखिएपनि राष्ट्र बैंकका आफ्नै सीमितता रहेको उनले बताए।

गभर्नर अधिकारीले विरोधका लागि विरोध नभई निजी क्षेत्रका वास्तविक समस्याहरु आए समधान गर्न केन्द्रीय बैंक तयार रहेको जनाए। उनले बैंकमा ऋण लिँदा कमिसन लिने गरेको प्रश्न उठेको भन्दै यो ठूलो बैंकिङ अपराध भएकाले प्रमाणसहित ल्याउन आग्रह गरे। विना प्रमाणका आधारमा सार्वजनिक मञ्चमा आरोप लगाएर केहि नहुने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *