जन्मनेबित्तिकै मृत घोषित छोरा ३३ वर्षपछि जिउँदै फर्किए, यसरी खुल्यो डाक्टरको कालो कर्तुत

डिसी नेपाल
११ असार २०८१ १६:१४

काठमाडौं । एक दम्पतीलाई अस्पतालले उनीहरूको नवहात छोराको जन्मेको केही समयपछि नै मृत्यु भएको बताएको थियो । तर अहिले तीन दशकपछि उनीहरुले आफ्नो छोरा जिउँदै फेला पारेका छन् ।

वास्तवमा ती बालकको मृत्यु भएकै थिएन । पूर्वी चीनको आन्हुइ प्रान्तको एउटा गरिब गाउँमा हुर्केका ३३ वर्षीय झाङ हुआइयुआन आफू धर्मपुत्र भएको कुरा सुनेर छक्क परे। उनका वास्तविक अभिभावक दक्षिणपूर्वी चीनको झेजियाङ प्रान्तमा बस्छन्। उनका बुबा धनी व्यापारी हुन्।

समय अगावै जन्मेका कारण डाक्टरहरूले झाङका आमाबुवालाई छोराको मृत्यु भएको बताए । जबकि त्यस्तो भएको थिएन । झाङलाई अस्पतालका निर्देशकका आफन्तलाई सुम्पिएको थियो, जो आमा बन्न सक्षम थिइनन् ।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्टका अनुसार झाङ आफूलाई जन्माउने आमाबाबु बस्ने झेजियाङ प्रान्तबाट ४०० किलोमिटर टाढा हुर्केका थिए । उनलाई धर्मपुत्र लिने दम्पती ५० वर्षका थिए । बुबा अशक्त भएकाले झाङले बाल्यकालदेखि नै गरिबीमा बाँच्नुपरेको थियो। जसका कारण उनले १७ वर्षको उमेरमा विद्यालय छोडे ।

आफ्नो पालनपोषण बुबाको मृत्यु पछि उनलाई धर्मपुत्र ग्रहण गर्ने महिलाले २०२३ मा उनी आफ्नो वास्तविक अभिभावक नभएको बताइन्। त्यसपछि झाङले गत वर्ष मे महिनामा आफ्ना वास्तविक अभिभावकलाई भेटेका थिए ।

यसका लागि उनले प्रहरीको सहयोग लिएका थिए । यसपछि मे २० तारिखमा झेजियाङमा धेरै उत्सव मनाइयो। झाङका बुबाले उनलाई १२ लाख युआन भएको बैंक खाता कार्ड दिए। झाङ उनीहरूको दोस्रो सन्तान हुन्।

उनका बुबाले भने, ‘जब झाङको जन्म हुन लागेको थियो, पहिलो सन्तान मात्र एक वर्षको थियो। त्यो सिजेरियन मार्फत भयो। गर्भवती भएको छैठौं महिनामा श्रीमतीको टाँका खुल्यो । बच्चा समयअघि नै जन्मिएको थियो। जन्मेको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । तर, आफ्नो जीवनको ३३ वर्ष गरिबीमा बिताए पनि आज झाङले व्यवसायको व्यवस्थापन गरिरहेका छन् । उनी एउटा सानो कारखानाका मालिक हुन् । झाङको ९ वर्षको छोरा पनि छ ।

उनका बुवा भन्छन्, ‘मेरो छोराले आफ्नो जन्मदिनको जानकारी नपाई जीवनको ३० वर्षभन्दा बढी समय बिताए । यो वर्ष उनको जन्मदिन सँगै मनाउने छौँ ।’ सामाजिक सञ्जालमा यो परिवारको कथालाई लिएर मानिसहरूले धेरै प्रतिक्रिया दिइरहेका छन् । एक प्रयोगकर्ताले भने, ‘परिवारको तस्बिर हेर, झाङ आफ्नी आमा जस्तै देखिन्छन्।’ अर्को प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईको कथा यस्तो छ कि पटकथा लेखकले पनि लेख्न सक्दैन । परिवार अन्ततः खुसी र पूर्ण छ। बधाई छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *