लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता

डिसी नेपाल
१२ असार २०८१ ८:०५

लमजुङ। लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गए राति पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका छन् । पहिरोमा परी एकजना घाइते भएका छन् ।

लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए।

अहिले प्रहरी टोली घट्नास्थलमा उद्धारका लागि जाँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *