सुनको मूल्य तोलामा ७ सयले घट्यो, चाँदी प्रतितोला १७९० रुपैयाँमा कारोबार

डिसी नेपाल
१२ असार २०८१ ११:१३

काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा ७ सयले घटेर तोलाको १ लाख ४१ हजार ६ सयमा कारोबार भएको छ।

यस अघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *