विराटनगर जलमग्न, सयौं परिवार विस्थापित (तस्बिरसहित)

डिसी नेपाल
१२ असार २०८१ १२:४५

काठमाडाैं। वर्षाका कारण विराटनगर महानगरपालिका क्षेत्रको अधिकांश वडा डुबानमा परेका छन्। विराटनगर महानगरपालिकाको वडा नं. ९ र १० बाहेकका सबै वडाका घरहरुमा पानी छिरेको विराटनगर महानगरपालिकाको द्रुत प्रतिकार्य टोलीले जनाएको छ।

एकातिर अत्यधिक वर्षा भएको र अर्कोतिर पानीको निकास नहुँदा सडक र घरहरु डुबानमा परेको हो। वडा नं. १२ र १९ मा भने करिब एक सय परिवार विस्थापित भएका छन्।

उनीहरुलाई स्थानीय विद्यालयमा पुनस्र्थापना गरिएको विराटनगर महानगरपालिकाको द्रूत प्रतिकार्य टोलीका संयोजक अर्जुन थपलियाले जानकारी दिए। उनले अहिले विभिन्न ठाँउमा पानी निकास खुलाउने कार्य भइरहेको बताए।

मंगलबार बिहान ८ बजेर ४५ मिनेट देखि बुधवार बिहान ८ बजेर ४५ मिनेट सम्म २४ घण्टामा विराटनगरमा ३ सय ६१ मिलिमिटर पानी परेको छ।

विराटनगर एयरपोर्ट स्थित जलवायु तथा मौसम विज्ञान फिल्ड कार्यालयका मौसम सहायक राजेश झाका अनुसार विराटनगरमा यस बर्षको मनुसनको सबैभन्दा बढी पानी परेको हो। बर्षाका कारण कास्की, लमजुङ, ओखलढुंगा लगाएतका स्थानमा पहिरो जाँदा जनधनको क्षति भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *