क्रिकेटर अनिल साहलाई कलैया उपमहानगरको एक लाख नगद पुरस्कारसहित सम्मान

डिसी नेपाल
१२ असार २०८१ १४:००

बारा। नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अनिल साहलाई गृह नगर कलैया उपमहा नगरपालिकाले एक समारोह बिच सम्मान गरेको छ । शाहलाई उपमहानगरले एक लाख एक हजार रुपैयाँ प्रदान समेत गरेको छ ।

उपमहानगरपालिकाका मेयर बिनोद साहले पुर्व घोषणा अनुसार टी( २० विश्वकमपा नेपाली राष्ट्रीय टोलीमा सहभागि कलैयाका खेलाडी अनिल साहलाई १ लाख १ हजार रुपैयाँको चेक हसतान्तरण गरेका हुन् ।

कलैयामा जारी नगरसभामा खेलाडी साहलाई मेयर साह र  नगर खेलकुद बिकाश समितीका संयोजक महमद समिउल्लाहले संयुक्त रुपमा खाँदा ओढाएर कदरपत्र बाट सम्मानित गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *