उर्सुला भोन डेर लेयन फेरि युरोपेली आयोगको प्रमुख बन्न सक्ने

डिसी नेपाल
१२ असार २०८१ १५:४७

काठमाडौं । युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेयन दोस्रो पटक यो पदमा निर्वाचित हुन सक्नेछिन् ।

युरोपेली संसदमा तीन बलियो समूहको प्रतिनिधित्व गर्ने छ ईयू नेताहरूले दोस्रो पटक प्रमुखको रूपमा उनको नाम अगाडि बढाएका छन्।

पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो कोस्टा फेरि युरोपेली परिषद्को अध्यक्षमा मनोनित भएका छन् ।

यससँगै इस्टोनियाका वर्तमान प्रधानमन्त्री काजा कालास दोस्रो पटक विदेश नीति प्रमुख हुनेछन् ।

यी नामहरू ब्रसेल्समा हुने युरोपियन युनियन शिखर सम्मेलनमा अनुमोदनका लागि राखिनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *