बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो

डिसी नेपाल
१२ असार २०८१ १८:३५

विराटनगर। बाढी पसेपछि बन्द भएको विराटनगर विमानस्थल खुलेको छ।

वर्षा रोकिएको र बाढीको पानी सुकेसँगै विमानस्थलको उडान अवतरण सुरु गरिएको विराटनगर विमानस्थल कार्यालयले जनाएको छ।

बस्तीबाट ओभरफ्लो भएर विराटनगर विमानस्थलको १ नं गेटबाट बाढी पसेपछि बुधबार बिहानैदेखि विमानस्थल बन्द गरिएको थियो। बस्तीबाट ओभरफ्लो भएर पसेको बाढीले विमानस्थल जाने बाटो अवरुद्ध बनेको थियो। विमानस्थलको  पार्किङ क्षेत्रमा र  हेलिप्याडमा समेत बाढीको पानी पसेर डुबानमा परेको थियो।

तर, विमानस्थलको धावनमार्गमा बाढी नपसेको हुनाले वर्षा र बाढीको प्रभाव कम हुनासाथ विमानस्थलबाट उडान र अवतरण सुरू गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *