सशस्त्रको एसपी र डिएसपी सरुवामा चरम विभेद, संगठनमा असन्तुष्टि

डिसी नेपाल
१३ असार २०८१ १०:२४

काठमाडौं। सशस्त्र प्रहरीले गत सोमबार एकैपटक १८ जना एसपी र २३७ जना डिएसपीको सरुवमा चरम विभेद भएको भन्दै असन्तुष्टि उत्पन्न भएको छ। सोमबार मध्यरात सरुवा निकालेर कोहीलाई सुगमबाट सुगम, कोहीलाई दुर्गमबाट झन दुर्गम बनाएको र सरुवमा समान व्यवहार नभएको भन्दै असन्तुष्टि उत्पन्न भएको हो।

सशस्त्र मुख्यालयले पारदर्शी, निस्पक्ष र विभिन्न मापदण्ड बनाएर सरुवा गरेको भन्दै संचारमाध्यममा विज्ञप्ति नै पठाएर ढाकछोप गरेको थियो। तर विभेद भएको भन्दै एसपी र डिएसपीहरुले असन्तुष्टि जनाएका छन्।

मुख्यालयले जसमा २ बर्ष अबधि पुगेका मात्र सरुवा भएका भन्ने पनि दाबी गरेको थियो। तर सरुवा हेर्दा त्यसको पुरै विपरित र आफ्नालाई राम्रो ठाउँ र कतिपय अधिकृतलाई सुनियोजित ढंगले पेलिएको छ।

कतिपय अधिकृतको मुख्यालय दरबन्दी परेको बर्षौं हुँदा, एकै ठाउँमा बसेको १०-१२ बर्ष हुँदा उनीहरुलाई त्यहीँ राखिएको छ। मुख्यालयले सोझा कर्मचारीमाथि सधैं पेल्ने र कारबाहीको धम्किदिने गरेको छ।

२ बर्ष पुगेपछि मात्र अधिकृतको सरुवा गर्ने नीति भए पनि एक बर्ष नपुग्दै केही अधिकृतलाइ दुःख दिने नियतले सरुवा गरिएको छ।

गत बर्ष भदौमा भक्तपुर सरुवा भएका डिएसपीहरु मध्ये १ बर्ष पनि नपुग्दै बासुदेव महतलाई भक्तपुरबाट सुनसरी , यदुकुमार कार्की धनुषाबाट महोत्तरी , हरि गुरुङ बाँकेबाट काठमाडौ , दिपकबहादुर बिष्ट कैलालीबाट हेडक्वाटर , पंकज पौडेल कार्य बिभागबाट बाँके, मोहन निरौला १९ गणबाट दाङ, मोहन बिष्ट सप्तरीबाट बारा , मित्रलाल श्रेष्ठ चितवनबाट सीमा सुरक्षा बिभाग सरुवा गरिएको छ।

यस्तै १० महिनामानै सरुवा भएका डिएसपी हरुमा पंकज चन्द सप्तरीबाट मानवश्रोत विभाग, फुर्गेली शेर्पा सिन्धुपाल्चोकबाट सुर्खेत, संगम श्रेष्ठ पर्साबाट इन्टेलिजेन्स ब्युरो, योगराज दाहाल बाराबाट इलाम , सुमन पोखरेल उदयपुरबाट झापा, सुशील श्रेष्ठ सुर्खेतबाट महोत्तरी, बिष्णुदत्त अबस्थी बर्दियाबाट मकवानपुर, श्याम शर्मा पौडेल पर्वतबाट सीमा सुरक्षा विभाग, द्रोणप्रसाद ढकाल जुम्लाबाट झापा, प्रमोद खड्का जुम्लाबाट पश्चिम नवलपरासी, विकाश थापा सुर्खेतबाट दार्चुला, शेखर दवाडी सिन्धुपाल्चोकबाट कास्की रहेका छन्।

डिएसपी विकाश थापाको त कतिसम्म भने गतवर्ष मात्र उनको दरबन्दी ४४ गण दार्चुलाबाट ३२ गण सुर्खेत भएको थियो। तर १० महिनामा उनलाई फेरि दार्चुलानै पठाइएको छ। यो के खालको सरुवा हो बुझ्न सकिएन, मुख्यालय श्रोतले भन्यो।

१० महिना नपुग्दै सरुव भएका अन्य डिएसपीहरुमा प्रभात कुमार गौतम इलामबाट उदयपुर, जंगबहादुर कुँवर बर्दियाबाट दार्चुला, केशबराज अबस्थी कंचनपुरबाट मनाङ, मातृका पौडेल सुनसरीबाट पर्वत, भरतबहादुर कुँवर मनाङबाट कपिलबस्तु, महेशराज बिस्ट मकवानपुरबाट झापा, उज्ज्वल लामिछने महोत्तरिबाट सप्तरी रहेको छ।

सरुवामा कतिसम्म बद्मासी गरिएको छ भने कतिपय अधिकृत १०-१२ बर्षदेखि एउटै जिल्ला, क्षेत्र र युनिटमा छन्। डिएसपी छबिलाल रावतलाई तालिम शिक्षालय बाँकेबाट ४२ रिजर्ब गण बाँके हालिएको छ। उनलाई बिगत ५ बर्षदेखि त्यहीँ जिल्ला राखिएको छ।

प्रमोद रायलाई महोत्तरी गणबाट सोही जिल्लाको बाहिनी, नरेश कुमार खड्कालाई ४२ गण बाँकेबाट ३० गण बाँके, मनोज चन्दलाइ पर्साबाट धनुषा, राजन शाहलाई बाँकेको गण बाट बाँकेकै तालिमकेन्द्र, हालिएको छ। यस्तै ओमराज बानिया मोरङबाट सुनसरी, नरेन्द्र धामी महोत्तरीबाट पर्सा हालिएको छ।

अझ रोचक त गत बर्ष डिएसपी भएर पदस्थापन गरिएको एक बर्ष नपुग्दै रिशिकेश राउत, गणेशदत्त पान्डे, तेजराज शर्मा, प्रमिला श्रेष्ठ, बिकाश खतिवडा, किशन केसी, दयाराम पौडेल, विष्णु उप्रेती, बिश्वनाथ जिसीलगायत दर्जनौं अधिकृतको सरुवा गरिएको छ।

सधैं हेडक्वाटर बसेका रिसिकेश राउतलाई पुन भनसुनमा सीमा सुरक्षा बिभाग ल्याइएको छ। गत बर्ष मात्र कार्य बिभाग दरबन्दी परेर तुरुन्तै भक्तपुर गण काज पठाइएका गणेश दत्त पान्डेको दरबन्दी अहिले भक्तपुरनै हालिएको छ।

इन्सपेक्टर हुँदा करिब १० बर्ष पशुपतिनाथ बाहिनी बासेकी प्रमिला श्रेष्ठलाई गत बर्ष बढुवामा मानबश्रोत ल्याइयो। उनी काजमा बाहिनीनै गइन्। अहिले फेरि त्यही बाहिनी दरबन्दी हालिएको छ।

कति अधिकृत जागिर अबधिभर उपत्यका आउनै पाउँदैनन् भने प्रमिला श्रेष्ठहरुको जागिर उपत्यका बसेरै बित्छ, ‘यस्तो पक्षपात गर्ने अनि भन्ने बेलामा समान भन्ने, सरुवा देख्दा पनि लाज लाग्छ’, मुख्यालय एक अधिकृतले भने ‘आफ्नालाई छानी छानी हेडक्वाटर र भ्यालिका युनिटमा सधैं मस्ती , कोही नहुने हरुमात्र पेलिनुपर्ने अबस्था रहेको छ।’

तर सशस्त्र प्रहरी बलका प्रक्ता डिआइजी कुमार न्यौपानेले एसपीर डिएसपी सरुवाका कुनै विभेद नगरिएको बताए। उनले सबै सरुवा निष्पक्ष र पारदर्शी रुपमा गरिएको दाबी गरे। ‘सरुवामा कुनै विभेद गरिएको छैन। निष्पक्ष र पारदर्शी रुपमा तोकिएको मापदण्ड अनुसार नै गरिएको हो,’ प्रवक्ता न्योपानेले डिसी नेपालसँग भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *