इंग्ल्याण्डका बलर ओली रोबिन्सनले बनाए खराब बलिङको किर्तिमान, एक ओभरमा ४३ रन दिए

काठमाडौं । काउन्टी च्याम्पियनसिपमा इंग्ल्याण्डका फास्ट बलर ओली रोबिन्सनले एक ओभरमा ४३ रन दिएका छन् । काउन्टी च्याम्पियनसिपको इतिहासमा यो सबैभन्दा महँगो ओभर हो ।
बुधबार, दोस्रो डिभिजन खेलको चौथो र अन्तिम दिन ससेक्सका रोबिन्सनको बलमा लेस्टरशायरका लुइस किम्बरले पाँच छक्का प्रहार गरे । जसमध्ये तीन नो बल थिए। यस ओभरमा तीन चौका र एक एक रन पनि लिएका थिए ।
यो पहिलो श्रेणी क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा महँगो ओभर मानिएको छ । ब्याट्सम्यान किम्बर इंग्लिस प्रथम श्रेणी क्रिकेटमा एक ओभरमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।
सन् १९९८ मा सरेका एलेक्स ट्युडरले लङ्कशायरका एन्ड्रु फ्लिन्टफलाई एक ओभरमा ३८ रन प्रहार गरेका थिए। यस हप्ताको सुरुमा सरेका ड्यान लरेन्सले इङ्ल्यान्डका सहकर्मी शोएब बसिरको बलिङमा यो स्कोर बराबरी गरेका थिए।
रोबिन्सनले आगामी दिनमा इंग्ल्याण्डको पुरुष टेस्ट टोलीका लागि विशेष गरी जिमी एन्डरसनको सन्यास पछि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
Facebook Comment