राप्रपा नेपालको कार्यालय सिफलमा सर्याे

काठमाडौं। राप्रपा नेपालको केन्द्रीय कार्यालय काठमाडौंको सिफलमा सरेको छ। काठमाडौं महानगरपालिका-७ सिफलस्थित पाशुपत क्षेत्रमा रहेको अढाई तल्ले भवनमा कार्यालय सरेको हो।
पुरानो कार्यालयमा पार्किङको अभाब तथा बैठक कक्ष र पदाधिकारीहरुको निमित्त कार्यकक्षको कमि भएको कारण नयाँ ठाउँमा कार्यालय सर्नुपरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
अहिले सरेको ठाउँमा सबै आन्तरिक ब्यबस्थापन भैसकेको र सचिवालयले काम समेत शुरु गरिसकेको तथा कार्यसम्पादन समितिको बैठक समेत बसिसकेको पार्टीले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment