अभिनेत्री हिना खानलाई तेस्रो स्टेजको स्तन क्यान्सर

डिसी नेपाल
१४ असार २०८१ १६:३१

काठमाडौं । टेलिभिजन अभिनेत्री हिना खानले आफूलाई स्तन क्यान्सर भएको खुलासा गरेकी छिन् । उनी क्यान्सरको तेस्रो चरणमा छिन् । यो खबर उनी आफैंले सामाजिक सञ्जालमा फ्यानसँग सेयर गरेकी छिन् । सामाजिक सञ्जाल पोस्ट सेयर गर्दै अभिनेत्रीले आफ्नो उपचार सुरु भइसकेको बताइन् ।

स्तन क्यान्सरको बारेमा कुरा गर्दै अभिनेत्रीले लेखिन्– ‘मेरो बारेमा केही हल्ला चलिरहेको छ । म तपाईहरु सबै माझ एउटा महत्वपूर्ण खबर साझा गर्न चाहन्छु। मलाई स्तन क्यान्सर छ। यो तेस्रो चरणमा छ। यसको उपचार सुरु भएको छ । धेरै समस्याको सामना गर्नुपर्दा पनि म सन्चै छु भनी सबैलाई आश्वासन दिन्छु। म यो रोगसँग लड्न पूर्ण रूपमा तयार छु। यस समयमा मलाई बलियो बनाउन जे पनि गर्न तयार छु।’

हिना खानले टेलिभिजन शो ‘ये रिश्ता क्या कहलाता है’ मा अक्षराको भूमिका निभाएकी छिन् । यस शोमा उनले संस्कारी बुहारीको भूमिका खेलेर घर–घरमा आफ्नो नाम कमाएकी थिइन् । यसपछि उनी बिग बोस ११ मा देखिएकी थिइन् । हिना शोको विजेता बन्न सकिनन् तर बिग बोसबाट उनको लोकप्रियता दोब्बर भयो।

टेलिभिजन शो बाहेक, उनले वेब शो र चलचित्रहरूमा काम गरिन् । हिना खानले धेरै म्युजिक भिडियोमा अभिनय गरेर पनि मानिसको मन जितिसकेकी छिन् । उनी रकी जैसवालसँग लामो समयदेखि सम्बन्धमा छिन् । यी दुबैको भेट ‘ये रिश्ता क्या कहलाता है’ को सेटमा भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *