पूर्वगृहमन्त्रीका छोरा प्रतीक थापा पक्राउ

डिसी नेपाल
१४ असार २०८१ २०:०५

काठमाडौं। पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रामबहादुर थापा (बादल)का छोरा प्रतीक थापालाई पक्राउ परेका छन्।

नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई प्रहरीले शुक्रबार साँझ काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो। नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएपछि उनी फरार थिए।

उक्त प्रकरणमा पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, राईका छोरा निरज राई, तत्कालीन उर्जामन्त्री एवं हालका एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी पनि जोडिएका थिए। निरज राई हालसम्म फरार रहेका छन्। थापा भने लामो समयपछि पक्राउ परेका हुन्।

बादल गृहमन्त्री भएका बेला कार्यदलको प्रतिवेदनमा विचौलियाको सूचीअनुसारको नामहरु थप्न नसकेपछि बालकृष्ण खाँण गृहमन्त्री भएका बेला प्रतिवेदन नै कीर्ते गरेर नेपाली युवालाई भुटानी शरणार्थी बनाउने प्रयास भएको भन्दै प्रहरीले अनुसन्धान गरेको थियो।




प्रतिक्रिया

One thought on “पूर्वगृहमन्त्रीका छोरा प्रतीक थापा पक्राउ

  1. सत्ता र शक्ति काे अाडमा गम्भीर अपराध गर्न तम्सिएका नव युवराज हरु अाज धमाधम गिरफ्तार हुदैछन,वास्तव मा माअाेबादिका कमान्डर तथा शक्तिशाली नेता रामबहादुर थापा ( बादल ) किन केपी काे पिछा लागेर एमाले काे पाउ माेल्न तयार भए त ? नेपाली जनता ले बुझ्नुपर्ने याैटा जटिल बिषय यो छ ! अाफ्नाे छाेराले गरेको अपराध बाट मुक्ति वा बचाउ काे लागि केपिकाे लगाैटि समाउनु सिवाय अर्को बिकल्प उनको थिएन ।अझै गहिरिएर अनुसन्धान गर्ने हाे भने कन्चनपुर जिल्ला ,भिमदत्त नगरपालिका मा बलत्कार पछि हत्या गरिएकि बालिका – निर्मला पन्त काे बलत्कार र हत्या मा प्रतीक नै पर्मुख अभियुक्त हुन समेत भन्ने हल्ला गाइगुइ सबै ले सुनियो ।तर सत्ता र शक्ति काे अाड भराेसामा हरेक अपराधी हरुलाइ तत्कालीन पुलिस पर्मुखले लुकाए र याैटा पागल निर्दाेष नागरिक लाई अभियुक्त बनाएर सार्वजनिक गरियो ।बिचरि बालिका निर्मला पन्तको अात्माले अाजसम्म शान्ति पाउन सकेको छैन ।तत्कालीन पर्धानमन्त्रि खड्गपर्शाद ले अपराधी तथा उनका अभिभावक लाई समेत छत्रछायामा पालन पाेषण गरेर काे घटना लाई सामसुङ पारिएको सर्बबिदितैछ।कठैबरि न्याय मरेको मेराे देश।अनि तिनै अपराधी का नाइके लाई मतदान गरेर सत्ता काे बागडोर जिम्मा लाऊने कठैबरि हामी नेपाली ,कहिले हाम्रो हाेस फिर्ला?? उफफफ,….

Leave a Reply

Your email address will not be published. Required fields are marked *