युरोकपमा आजदेखि नकआउटका खेल, इटाली र स्वीजरल्याण्ड खेल्दै

डिसी नेपाल
१५ असार २०८१ ८:१७

काठमाडौं। जारी युरोकपमा आजदेखि नकआउट चरणका खेलहरु हुँदै छन्। नकआउट चरणको पहिलो खेलमा आज इटाली र स्वीजरल्याण्ड खेल्दै छन्। यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुँदै छ।

इटाली समूह बीमा दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुगेको हो। इटालीले समूह चरणमा खेलेका ३ खेलमा एक जित, एक बराबरी र एक हार ब्यहोरेको थियो।

इटालीले पहिलो खेलमा अल्बानियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा स्पेनसँग १-० गोल अन्तरले पराजित भएको थियो। त्यस्तै अन्तिम खेलमा क्रोसियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो।

त्यस्तै स्वीजरल्याण्ड समुह चरणमा समुह ए मा दोस्रो हुदै नक आउट चरणमा पुगेको हो। स्वीजरल्याण्ड समुह चरणमा अपराजित रहेको छ। स्वीजरल्याण्डले पहिलो खेलमा हंगेरीलाई ३-१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा स्कटल्याण्डसँग १-१ को र तेस्रो खेलमा जर्मनीसँग १-१ गोलको बराबरी खेलेको थियो।

इटाली र स्वीजरल्याण्डबीच अहिलेसम्म ६० खेल भएका छन्। जसमा इटालीले २९ खेल जितेको छ भने स्वीजरल्याण्डले ७ खेल जितेको छ। त्यस्तै २४ खेल बराबरी भएका छन्।

नकआउट चरणमा को को खेल्दै छन् ?

२४ देशले भाग लिएको युरोकपमा ८ देश बाहिरिएका छन् भने १६ देश नक आउट चरणमा पुगेका छन्। जसमा हरेक समूहका समूह विजेता र उपविजेता गरि १२ देश नकआउटमा पुगेका छन् भने हरेक समूहका तेस्रो स्थानमा रहेका शिर्ष चार देश नकआउट चरणमा पुगेका छन्।

जसमा समूह ए बाट जर्मनी विजेता र स्वीजरल्याण्ड उपविजेता बन्दै नकआउटमा पुगेका छन् भने हंगेरी र स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएका छन्। त्यस्तै समूह बी बाट स्पेन समूह विजेता र इटाली उपविजेता हुँदै नकआउटमा पुगेका छन् भने क्रोसिया र अल्बानिया बाहिरिएका छन्।

त्यस्तै समूह सी बाट इङल्याण्ड विजेता र डेनमार्क उपविजेता हुँदै नकआउटमा पुगेका छन्। त्यस्तै स्लोभेनिया तेस्रो स्थानमा रहेर नकआउटमा पुगेको छ। यस समूहबाट सर्बिया बाहिरिएको छ। त्यस्तै समूह डी बाट अस्ट्रिया विजेता र फ्रान्स उपविजेता हुँदै नकआउटमा पुगेको छ। त्यस्तै नेदरल्याण्डस तेस्रो हुँदै नकआउटमा पुगेको छ।

त्यसैगरी समूह इ बाट रोमानिया विजेता र बेल्जियम उपविजेता हुँदै नकआउटमा पुगेको छ भने स्लोभाकिया तेस्रो स्थानमा हुँदै नकआउटमा पुगेको छ। त्यस्तै समूह एफ बाट पोर्चुगल विजेता र टर्की उपविजेता हुँदै नकआउटमा पुगेको छ भने जर्जिया तेस्रो स्थानमा रहँदै नकआउटमा पुगेको छ।

अब नकआउट चरणमा स्पेन र जर्जिया खेल्ने छन् भने जर्मनीले डेनमार्कको सामना गर्ने छ। त्यस्तै पोर्चुगलले स्लोभेनियाको सामना गर्ने छ भने फ्रान्सले बेल्जियमको सामना गर्ने भएको छ।

त्यसैगरी रोमानियाले नेदरल्याण्डसको सामना गर्ने छ भने अस्ट्रियाले टर्कीको सामना गर्ने छ। त्यस्तै इङल्याण्डले स्लोभाकियाको सामना गर्ने छ भने स्वीजरल्याण्डले इटालीको सामना गर्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *