कमल थापाको प्रश्नः रुसमा ३५ नेपालीको मृत्यु भइसक्यो, प्रधानमन्त्री र परराष्ट्रमन्त्री के गर्दै हुनुहुन्छ?

डिसी नेपाल
१५ असार २०८१ १३:२६

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले रुसी सेनामा गएका ३५ नेपालीको मृत्यु भएको भन्दै  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई तपाईंहरु के गर्दै हुनुहुन्छ भन्दै प्रश्न गरेका छन्।

सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले रुसी सेनामा अवैधरुपमा कार्यरत ३५ नेपालीहरूको मृत्यु भैसकेको, युक्रेनमा ६ नेपाली बन्दी बनाईएको र हमासले गाजामा १ नेपालीलाई बन्धक बनाएको छ तर नेपाल सरकार निरीह र अकर्मण्य रहेको टिप्पणी गरेका छन्।

उनले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई तपाईंहरू के गर्दै हुनुहुन्छ ? भनेर प्रश्न गरेका छन् ।




प्रतिक्रिया

One thought on “कमल थापाको प्रश्नः रुसमा ३५ नेपालीको मृत्यु भइसक्यो, प्रधानमन्त्री र परराष्ट्रमन्त्री के गर्दै हुनुहुन्छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *