किसानलाई सहजरुपमा मल वितरण हुनुपर्छः आरजू राणा

डिसी नेपाल
१५ असार २०८१ १६:२६

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजू राणाले किसानहरुलाई सहज रुपमा मल वितरण हुनुपर्ने बताएकी छिन्।

धान दिवसका अवसरमा नेपाल किसान महासंघ जिल्ला कार्यसमिति भक्तपुरले शनिबार सल्लाघारीमा आयोजना गरेको कार्यक्रममा उनले समयमा नै मल नपाउँदा किसानलाई समस्या भएको र भएको मल पनि सहज रुपमा बितरण हुन नसकेको बताएकी हुन्।

उहाले सहकारीबाट मलको बितरण राम्रोसंग हुन नसकेको जिकिर गरिन्। सभापति राणाले कृषि क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्ने भएपनि सरकारले यसतर्फ ध्यान दिन नसकेको बताइन्।उनले देशलाई समृद्धितर्फ अघि बढाउनका लागि सबै एकजुुट हुनुपर्ने बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *