कमेडी च्याम्पियन सिजन ३ को उपाधि सुनिल खड्कालाई

डिसी नेपाल
१५ असार २०८१ १९:५८

काठमाडौं। कमेडी च्याम्पियन सिजन ३ को उपाधि सुनिल खड्काले जितेका छन्। शनिबार भएको फिनालेमा उत्कृष्ट ३ फाइनलिस्ट मध्येबाट खड्का विजयी भएका हुन्।

खड्कासँगै नवलपरासीकी सुयशा खनाल र सुनसरीका ऋषभ काफ्ले उत्कृष्ट ३ मा पुगेका थिए। शनिबार मूलपानीस्थित स्टुडियोमा भएको फिनालेमा सुयशा सेकेण्ड रनरअप भइन् भने ऋषभ फस्ट रनरअप भए।

विजयी भएसँगै सुनिलले २५ लाख नगद साथै कार जितेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *