देउवा र ओलीबीच बालकोटमा अर्थपूर्ण भेटवार्ता

डिसी नेपाल
१५ असार २०८१ २०:१८

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

शनिबार अपरान्ह ओली निवास बालकोट पुगेका देउवाले ओलीसँग समसामयिक विषयमा छलफल भएको बताइएको छ।

देउवासँगै ओली निवासमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवा पत्नी आरजु राणा पनि पुगेकी थिइन्।

सत्ता समीकरणमा विभिन्न विषयमा विवाद बढिरहेका बेला देउवा र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

दुई नेताबीच वान टु वान भेटवार्तामा भएको विषयमा केही पनि सार्वजनिक भएकाे छैन।

पछिल्लो समय कांग्रेस र एमालेबीच सत्ता सहकार्यको बारेमा दुवै दलका दोस्रो तहका नेताहरुले नेतृत्वसमक्ष दबाब सिर्जना गरेका छन् । ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच सम्बन्ध चिसिएको चर्चा चलेको छ ।

बजेटको विषयमा ओलीले सार्वजनिक रुपमै आलोचना गर्नुले पनि प्रधानमन्त्री दाहालसँग उनको सम्बन्ध चिसिएको भनेर आँकलन गरिएको थियो ।

यता, प्रधानमन्त्री दाहालले भने ओलीसँग आफ्नो सम्बन्ध राम्रो रहेको भन्दै गठबन्धन चुनावसम्मै कायम रहने दाबी गर्दै आएका छन् । आज भएको ओली र देउवाबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *