भारतले १७ वर्षपछि जित्यो टी-२० विश्वकपको उपाधि

डिसी नेपाल
१५ असार २०८१ २३:५३

काठमाडौं। आईसीसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ। शनिबार बारबाडोसमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै उपाधि जितेको हो। भारतले १७ वर्षपछि टी-२० विश्वकपको उपाधि जितेको हो। यसअघि भारतले सन् २००७ मा भएको पहिलो टी-२० विश्वकपको उपाधि जितेको थियो।

शनिबारको खेलमा भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनायो। दक्षिण अफ्रिकाका लागि हेनरी क्लासेनले आक्रामक ब्याटिंग गर्दै ५२ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन्। २७ बल खेलेका उनले ५ छक्का र २ चौका प्रहार गरे। यस्तै क्वीन्टन डिककले ३९, ट्रिस्टन स्टब्सले ३१ तथा डेभिड मिलरले २१ रन बनाए।

भारतका हार्दिक पाण्ड्याले ३ विकेट लिए भने जसप्रित बुमराह र अर्शदिप सिंहले २/२ विकेट लिए।

यसअघि टस जितेर ब्याटिंग रोजेको भारतले २० ओभरमा ७ विकेठ गुमाएर १७६ रन बनाएको थियो। भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। यस्तै अक्षर पटेलले ४७ तथा शिवम दुबेले २७ रन बनाए।

दक्षिण अफ्रिकाका केशव महाराज र एनरिक नोर्कियाँले २/२ विकेट लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *