इटालीलाई हराउँदै स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा

काठमाडौं। स्वीट्जरल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ।
युरोकपको राउण्ड १६ को खेलमा इटालीलाई २-० गोल अन्तरले पराजित गर्दै स्वीट्जरल्याण्ड क्वाटरफाइनलमा पुगेको हो। स्वीट्जरल्याण्डको जितमा रिमो फ्रेउलेर र रुबेन भार्गासले एक एक गोल गरेका थिए।
योसँगै युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली यस बर्षको युरोकपबाट बाहिरिएको छ। अब क्वाटरफाइनलमा स्वीट्जरल्याण्डले इङल्याण्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्ने छ।
प्रतिक्रिया
Facebook Comment