प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

डिसी नेपाल
१६ असार २०८१ ९:००

काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल गरी अर्थमन्त्री वर्षमान पुनले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै, अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयकमाथि छलफल गरी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

कार्यसूची:

१. आर्थिक विधेयक, २०८१ माथि छलफल हुने ।

२. आर्थिक विधेयक, २०८१ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने ।

३. अर्थ मन्त्री वर्षमान पुनले -(क)  ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
(ख) ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।

४. ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने ।

५. अर्थ मन्त्री वर्षमान पुनले: (क) ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
(ख) ‘भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।

६. ‘भन्सार महसुल विधेयक, २०८१’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने ।

७. अर्थ मन्त्री वर्षमान पुनले ुभन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *