बढ्यो सुनको मूल्य

डिसी नेपाल
१६ असार २०८१ ११:०६

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। आइतबार सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजारमा कारोबार भएको छ।

यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८ सयमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ। चाँदी आज प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *